कैलाली: कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय भुवन भट्ट र कैलालीको टिकापुर नगरपालिका–१ का २८ वर्षीय लक्ष्मण रावल रहेका छन् ।
प्रहरीले भट्टलाई गोदावरी नगरपालिका–४ गोदावरीबाट २३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो भने रावललाई टिकापुर–९ खैरीपुरबाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो ।
अत्तरियाको मोबाइल ग्यालरीबाट मोबाइल चोरी भएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले चेकजाँच गर्दा भट्टको साथबाट लागुऔषधसहित एन्ड्रोइड मोबाइल ४ थान, बट्टन मोबाइल १ थान, नगद रकम १० हजार र बैंक अफ काठमाण्डौँको तीन ओटा चेक फेला पारेको थियो ।
त्यस्तै, रावललाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।