Author: महेन्द्रनगर पोष्ट

धनगढी : डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिएका छन् । सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान करिब ११ बजेतिर गोली लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: कञ्चनपुरको दोधारा चाँदनीमा फेरि देखियो अर्को बाघ देखिएको छ। आज (शुक्रबार) दोधारा चाँदनी नगरपालिका-२ मा फेरि अर्को बाघ देखिएको हो। यस अगाडि आज बिहानमात्रै दोधारा चाँदनी नगरपालिका-२ कै २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई नियन्त्रणमा लिएको थियो। बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो। बेहोस गर्ने सुई लगाएर बाघ नियन्त्रणमा लिइएको थियो।अहिले सो बाघलाई उपचार गरेर शुक्लाफाटास्थित खोरमा राखिएको र उक्त बाघहरु भारतीय क्षेत्रबाट आएको हुनसक्ने अनुमान छ। 

Read More

धनगढी : काठमाडौँको सिनामंगलमा शुक्रबार दिउँसो मृत फेला परेका युवक र युवती नजिकका दाजुबहिनी भएको खुलेको छ। बाजुराको त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९/२० वर्षकी करिस्मा सार्की काठमाडौँ महानगरपालिका ९ शम्भुमार्गस्थित झर्ना गेस्टहाउसमा मृत फेला परेका छन्। गेस्टहाउसको कोठा नम्बर २०४ मा भित्रबाट ढोका बन्द गरेर बसेको र होटलका कर्मचारीले बोलाउँदा नआएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा उनीहरू दुवै जना मृत फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। करिस्मा घाँटी काटिएको अवस्थामा र भरत झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीले घटनास्थलको मुचुल्का सकेर शव पोस्टमार्टमका लागि त्रिवि…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको लागि दुई दिन समय दिइएको छ । प्रदेश प्रमुख नजिर मियाँले यही आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री दीर्घ सोडारीले आज राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका छन् ।

Read More

धनगढी: धनगढीको इन्द्रेणी दोहोरीसाँझमा फेरि लफडा भएको छ। अस्ति राति दोहोरीसाँझमा लफडा भएको हो। सो लफडामा बझाङ घर भएका नेपाली काङ्ग्रेस निकट नेविसंघका नेतासमेत रहेका रमेश भाटको समूहले एक जनामाथि कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। कैलाली प्रहरी स्रोतका अनुसार अहिले सो कुटपिट काण्डमा भाट, उनका साथी पुस्कर बोहरा र इन्द्र बोहरालाई पक्राउ गरिएको छ। यस्तै कुटपिटमा संलग्न थप अन्यलाई पक्राउ गर्ने तयारी रहेको प्रहरीले बताएको छ। उनीहरुले राति मदिराको तालमा दोहोरीसाँझमा लफडा मच्चाएर इन्द्रेणीमा गीत गाउने भोजबहादुर महरालाई कुटेका थिए। स्रोतका अनुसार उनीहरूले गाउने क्रममा माइक थुत्न खोजेको र थुत्न नदिएपछि कुटपिट भएको थियो। त्यसपछि घाइते भएका महरालाई आइसियुमा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन्। २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए। उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन्। अहिले संसद्मा मार्ग प्रशस्त गरेको घोषणा गरेर मुख्यमन्त्री सोडारी राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका छन्। शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका थिए। गत असार २० गते एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए। उनले एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिन विश्वासको मत लिने उदेश्यले प्रदेशसभा बैठक माग गरेका थिए। तर, बैठकमा…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन्। मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए। शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा उनीहरु १५ साउनदेखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। सोही क्रममा आज शुक्रबार १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनीहरू शुक्रबार काठमाडौं…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् । आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । आज साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन् । उक्त बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । कांग्रेस संसदीय दलका नेता कमल शाहले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरतबहादुर शाहको काज सरुवा भएको छ। अस्ति १५ गते शाहको सरुवा भएको हो। उनको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा काज सरुवा भएको बताइएको छ। उनको काज भएपछि अब बझाङमा डिएसपी युवराज भण्डारी आउने भएका छन्। उनी केही दिनमै हाजिर हुनेछन्।

Read More

काठमाडौं: नेपाली सेनाका एक प्रमुख सेनानीको जागिए गएको छ। घरमा श्रीमती हुँदाहुँदै आफ्नै सहकर्मीलाई होटलमा बोलाएको काण्डमा दोषी पाइएपछि प्रमुख सेनानी विशेष पौडेल कारबाहीमा परेका हुन्। सैनिक अदालतले उनलाई सेवाबाट हटाउने फैसला गरेको बताइएको छ। दुई महिना हिरासतमा बसेका उनलाई गत शुक्रबार सैनिक आचरणविपरीतको कसूरमा दोषी ठहर गर्दै अदालतले सेवाबाट हटाउने फैसला सुनाएको स्रोतले बतायो। कारबाहीस्वरुप जागिरबाट निकालिएको छ। काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला ब.का.सि (बन्दोबस्ती कार्य सिपाही) ले केही महिनाअगाडि उजुरी दिएकी थिइन्। त्यसलगत्तै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेलको परिवारमा श्रीमती र एउटा छोरा र एउटी छोरी छन्।

Read More