Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ…

Read More

धनगढीः धनगढीमा गौरा पर्वको अवसरमा सुदूरपश्चिम गौरा महोत्सव हुने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र डेउडा प्रतिष्ठान केन्द्रीय समितिले यस वर्ष पनि सुदूरपश्चिम गौरा महोत्सव आयोजना गर्ने भएका हुन् । डेउडा प्रतिष्ठान केन्द्रीय समितिको बैठकले यस वर्ष अझै बृहत रुपले महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले चार दिनसम्म महोत्सव सञ्चालन गर्ने निर्णय गरेको छ । डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष वरिष्ठ डेउडा गायक दलबहादुर बोगटीले महोत्सवमा विविध साँस्कृतिक कार्यक्रमसँगै बृहत डेउडा प्रतियोगिता आयोजना गरिने बताए ।

Read More

बाजुरा: लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले वर्षाले हिमाली–३ युना र बौडीका पाँच घर भत्केको बताए । वर्षाले बौडीका पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएका छन् । युनाका १३ परिवार बाढी…

Read More

कञ्चनपुर: कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो । लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेङ्गु भाइरसको सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिने छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानालायका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगतका वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको थियो । यसैबेलादेखि डेङ्गु रोग सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे सङ्क्रमित भएका थिए । ती सङ्क्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क हुने…

Read More

रौतहट: रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । फतुवा विजयपुर नगरपालिका वडा न. ८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् । शनिबार साँझ ७ बजेतिर पुरानो रिसिबीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । दायाँ कोखामा भाला लागेर राम घाइते भएका छन् । उनको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए ।

Read More

काठमाडौं: पानी जहाज कम्पनीमा कामदारका पठाउने उद्देश्यले इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ। शमखाले आज सूचना जारी गर्दै उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने जनाएको छ। यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ।

Read More

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्। हिजो (शनिबार) राति ९ बजेतिर धनगढी उपमहानगरपालिका-८ मोतिचोक स्थित क्याम्पस चोकबाट मनेहरातर्फ गइरहेको मोटरसाइकल दुर्घटना भएको थियो। प्रहरीका अनुसार धनगढीकै जाई बस्ने २८ वर्षीय त्रीसाच मल्लले चलाएको से ७ प १७७७ नं. को मोटरसाइकलले छाडागाईलाई ठक्कर दिएको थियो। ठक्करबाट गाई मरेको छ भने चालक मल्लको टाँउको, हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। उनका अनुसार मल्लको अवस्था मध्यम रहेको र उनको सेती अस्पतालमा उपचार भैरहेको छ। मोटरसाइकललाई भने नियन्त्रणमा लिएर गाईको व्यवस्थापनको लागी नगरपालिकासँग समन्वय भईरेहको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढीको एक पसलमा आगो लागेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को जिएस आटो पार्ट्समा आगलागी भएको हो। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का सुरज चौधरीले सञ्चालन गरेको पसलमा विद्युतको तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ। आगलागीबाट ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। उनले प्रहरी, स्थानीय र दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको बताए। आगो लागेको घर पावर्ती पाण्डेको हो।

Read More

चितवन:  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताए। ‘साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ। ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका छन्। २ लाख ४८ हजार ३ सय ५ पशु अझैँ सक्रिय संक्रमणमै रहेको विभागको तथ्याङ्‍क…

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  मधेस, बागमती र गण्डकी…

Read More