Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छ । कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको सङ्घ (नासल)का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउछन् । “नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ”, डा केसीले भने। के हो हेपाटाइटिस ?हेपाटाइटिस रोग कलेजोमा…

Read More

ट्युनिसियाको तटीय गार्डले यो वर्षको पहिलो ६ महिनामा डुंगाबाट युरोप जाने क्रममा मरेका ९०१ जनाको शव भेटिएको देशका गृहमन्त्री कामेल फेकीले बुधबार संसद्लाई बताए । ‘जनवरी १ देखि जुलाई २० सम्म ३६ ट्युनिसियाली, २६७ विदेशी आप्रवासी र बाँकी पहिचान नभएका शव समुद्रबाट निकालिएको छ,’ विदेशमन्त्री फेकीले बताए । उनका अनुसार यस अवधिमा ३४ हजारभन्दा बढीको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये ३० हजारभन्दा बढी विदेशी नागरिक रहेको र तीमध्ये अधिकांश सब–सहारा अफ्रिकाका रहेको बताइएको छ । उत्तर अफ्रिकी देश ट्युनिसिया युरोपमा राम्रो जीवनको आशामा जोखिमपूर्ण समुद्री यात्राको प्रयास गरिरहेका अनियमित आप्रवासी र शरण खोज्नेहरूका लागि एक प्रमुख प्रवेशद्वार बनेको छ । ट्युनिसिया युरोपियन मुलुक इटलीको…

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।  बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बरको जीप गएराति पौने १२ बजे तारलमा दुर्घटना भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। दुर्घटनामा परी जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्। घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा रेफर गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। जीपमा चालक र सहचालक मात्रै सवार थिए। जीप सडकबाट १०० मिटर तल खसेको थियो। जीप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको…

Read More

डडेल्धुरा: डडेल्धुरामा एक एम्बुलेन्स दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिक-५ किरमडेमा दार्चुलाको मालिकाअर्जुन गाउँपालिकाको एम्बुलेन्स नालीमा छिरेको हो। सुपप्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। उक्त एम्बुलेन्समा ल्याइएका बिरामीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ।

Read More

डडेल्धुरा: भारतीय जनता पार्टी(भाजपा)को निमन्त्रणामा अहिले नेकपा माओवादीको टोलीले भारत भ्रमण गरिरहेको छ। ‘बीजेपीलाई चिनौं’ अभियानका क्रममा माओवादीको उच्चस्तरीय टोली भारत पुगेको हो। टोलीमा नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल, रामेश्वर यादव, चक्रमणी खनाल, सत्या पहाडी र सुरेश कुमार राय लगायत रहेका छन्। टोलीले ३ दिनअघि दिल्लीमा भारतीय जनता पार्टी(भाजपा)का अध्यक्ष जगत प्रकाश नड्डासँग भएको भेटवार्ता गरेको थियो। उक्त भेट निकै फलदायी एवं ऐतिहासिक रहेको भुषालले बताइन्। उनले नेकपा(माओवादी केन्द्र) र भाजपाबीच भएको अनुभव आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप महत्वपूर्ण हुने विश्वास लिएकी छिन्। हिजो मात्रै उनीहरूले देहरादुनस्थित भाजपाको उत्तराखण्ड प्रदेश कार्यालय पुगेका थिए। उत्तराखण्डका प्रदेश अध्यक्ष महेन्द्र भट्टसँगको भेटमा…

Read More

डोटी: सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका-३ तेल पारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। हिजो(बिहिवार) पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका थिए।  मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले जानकारी दिए।  बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ। खोजीका  लागि आफन्त  नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिम…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा अवैध मेडिकल सञ्चालन गरिरहेका ४ जना पक्राउ परेका छन्। हिजो(बिहिवार) धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा धनगढी-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षका दिपक महरा र धनगढी २ बस्ने रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेका छन्। उनीहरुलाई सामाजिक मन्त्रालय स्वास्थ्य शाखाको टोली र कैलाली प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। केहि दिनअघि धनगढी उपमहानगरपालिका वडा…

Read More

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा शिष्टाचार भेट भएको हो। भेटमा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

Read More

काठमाडौ: पूर्वमन्त्री तथा प्रतिनीधि सभा सदस्य योगेश भट्टराईले काले केटाले गीत २०८० सालकै चर्चित गीत हुने बताएका छन् । आगामी भदौ १४ गते प्रदर्शन हुने “ऐंचै पैचो” नेपाली सिनेमाको सो गीत विहीबार सार्वजनिक गर्दे नेता भट्टराईले २०८० सालकै चर्चित गीत हुने बताएका हुन । सो फिल्म केपी फिल्म प्रालिको व्यानरमा बनेको हो । उनले तिजको समय आएकोले यो गीतले सबैलाई नचाउने विश्वास गर्दे भदौ १४ पछि फिल्म हेर्न आउन समेत नेपाली दर्शकलाई आग्रह गरे । उनले स्थापित कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, शुशिल सिटौला, बद्धी तामांग, काली बुढील लगायतको अभिनयको गीत र फिल्मले राम्रो व्यापार गर्ने…

Read More