डोटी: सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका-३ तेल पारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
हिजो(बिहिवार) पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका थिए। मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले जानकारी दिए। बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ। खोजीका लागि आफन्त नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।
Facebook Comments Box