Author: महेन्द्रनगर पोष्ट

बझाङ: बझाङमा उपचारका लागि जिल्ला अस्पताल पुगेकी एक गर्भवती महिलाको तीन महिने भ्रूणको मृत्यु भएको छ।  अस्ति जयपृथ्वी नगरपालिका- ७ धौनाउँका हरिचन्द्र बोहरा की श्रीमती सुनिताले पेटमै बच्चा गुमाएकी हुन्। सुनितालाई पेट दुख्ने र रक्तस्रावको समस्या देखिएको थियो। त्यसपछि हरिचन्द्र श्रीमती लिएर जिल्ला अस्पताल सिम खेत गएका थिए। त्यहाँ पुगेर उनले श्रीमतीलाई इमर्जेन्सी वार्डमा राखेर पुर्जी काट्न काउन्टर पुगे। तर, ‘टिकट काट्ने कर्मचारीले विद्युत् छैन। अबको २ घण्टापछि विद्युत् आउँछ पर्खनुहोस्’ भनेर उनलाई झुलाइयो। त्यो बेला रक्तस्राव भएकी श्रीमतीलाई हेरिदिन हारगुहार गरेको बोहरा बताउँछन्। ‘श्रीमतीको अवस्था चिन्ताजनक रहेकोबारे अस्पताल प्रशासनलाई जानकारी गराउँदा पनि चाँसो देखाइएन। उल्टै एक कर्मचारीले आक्रोशित भएर जेनरेटर…

Read More

बैतडीः बैतडीका जयराम साउँदको भारतमा मृत्यु भएको छ।  रोजगारीको सिलसिलामा भारतको अम्बलामा रहेका बैतडीको सुर्नया गाउँपालिका ७ कठमडा तल्ला गाउँका ३४ वर्षीय साउँदको करेन्ट लागेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। पानीको मोटर चलाउने बेला करेन्टर लागेर सोमवार उनको मृत्यु भएको स्थानीय दिपेन्द्रबहादुर कुँवरले बताए। गत मंसिरमा मात्रै रोजगारीका लागि भारत गएका साउँदको मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ। पैसा कमाउनका लागि भारत गएका छोराको मृत्यु भएपछि उनकी आमा गुन्नादेवी साउँद विक्षप्त अवस्थामा रहेकी छन्। उनको घरमा वृद्ध आमा, श्रीमती र दाजुभाउजु रहेका छन्। 

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली  रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा  चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्य बदली  रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको…

Read More

बैतडी: नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) का केन्द्रीय सचिव विष्णु चन्दले खेलकुद क्षेत्रको विकासमा आफूहरु लागिपरेको बताएका छन्। बैतडीमा नेकोसको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै चन्दले यस्तो बताएका हुन्। यस्तै चन्दले खेल र खेलाडीको हितका लागि सदैव आफूहरु क्रियाशील रहेको बताउँदै बैतडी जिल्ला खेल इतिहास बोकेको एवं राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने क्षेत्र भएको बताए। त्यस्तै बैतडीमा नेकोसले आफ्ना गतिविधिहरु संचालन गर्ने निर्णयसमेत गरेको छ। “खेलकुद नागरिकको अधिकार, सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार” भन्ने मूल नाराका साथ नेकपा एमालेको जनवर्गिय संगठन नेपाल खेलकुद महासंघले सोमबार पार्टी कार्यालय गढीमा एक भेला आयोजना गरेको थियो। सो भेलाले जिल्ला कमिटीलाई पुनर्गठन…

Read More

धनगढी: नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले धनगढीमा वृक्षरोपण गरेका छन्। प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरमा उनीहरूले वृक्षरोपण गरिएको बताइएको छ। प्राधिकरणको सुदूरपश्चिमस्थित कार्यालय र मातहतका कर्मचारी तथा कार्यालयले सो अवसरमा वृक्षरोपण गरेका हुन्। उनीहरू धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित शिवपुरी धामको सामुदायिक वनमा वृक्षराेपण गरेका थिए। सामुदायिक वन परिसरमा करिब ३०० बोटहरु राेपिएको बताइन्छ। ‘रुख काट्ने मात्र नभई रुख बोटबिरुवाको संरक्षण पनि गरिन्छ’ भन्ने सन्देश दिन प्राधिकरणले प्रत्येक वर्ष साउन १५ गते मुलुकभरका कार्यालयमार्फत् वृक्षरोपण गर्दै आएको छ। हरियो वन नेपालको धन भन्ने नारालाई समर्थन गर्दै प्राधिकरणले बेलाबेलामा रुखहरुका हांगा काट्ने तथा बोटहरु काट्नुपर्ने भएका कारण प्राधिकरणले काट्ने मात्र नभई…

Read More

काठमाडौँ : साढे २४ करोडको प्रिन्टिङ मेसिन थन्क्याएर ठेकेदारबाट छपाई गर्दै आएको निर्वाचन आयोगका पदाधिकारीहरूबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । निर्वाचन सामाग्री खरिदको नाममा २४ करोड ५३ लाखमा खरिद गरिएको प्रिन्टिङ छपाई मेसिनबारे परेको उजुरीबारे छानबिन थालेको आयोगले तत्कालीन प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीहरूमाथि छानबिन थालेको हो । छोटो समयमै छपाई गर्नु पर्ने भन्दै खरिद गरिएको मेसिनबाट सामाग्री छपाई नै नगरी ठेकेदार मार्फत छपाई गरिनुले पनि कमिसनकै लागि खरिद गरिएको स्पष्ट रहेको आयोगको एक उच्च अधिकारीले बताए । महालेखालेसमेत यसबारे प्रश्न उठाएको थियो । महालेखाको ५८औँ प्रतिवेदनमा २०७५ चैत्र १५ मा हुने उप निर्वाचनमा मतपत्रलगायत अन्य छपाई…

Read More

काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन्। नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवा अन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उनले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरूभन्दा भिन्न रहेको बताए। उनले यसको सेवालाई अझै बढी विश्वसनीय बनाई जनसेवामा समर्पित गर्ने दिशामा बढी ध्यान दिन पनि आग्रह गरेका छन्। अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले यसको सधैँ उच्च मूल्याङ्कन गरिरहेको स्पष्ट पारे। उपप्रधानमन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक…

Read More

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २१ दिन भित्र आफ्नो पार्टी कार्यालय खाली गर्ने बताएको छ। सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक सूचना जारी गर्दै २१ दिन भित्र घर खाली गर्ने बताएका हो। काठमाडौँ महानगरपालिकाले धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालय रहेको घर हाइटेन्सनमुनि निर्माण भएको भन्दै भत्काउन निर्देशन दिएको थियो। महानगरले तीन दिनको समय दिएर शुक्रबारै माइकिङ गरिएको भएपनि राप्रपाले भवन खाली गराएको थिएन। राप्रपाको कार्यालय खाली गराउन आज महानगरको टोली डोजरसहित हाँडी गाउँ पुगेका थिए। यता राप्रपा कार्यकर्ताले कार्यालय जाने बाटोमा कार तेर्स्याइएर बाटो बन्द गरेका थिए।

Read More

बैतडी : भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । गएको तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाकोे सङ्ख्या बढ्दै गएको हो । पछिल्लो तीन वर्षमा यहाँबाट दुई सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म यहाँ दुईसय ४३ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष २०७७/७८ मा ६०, आव २०७८/७९ मा ७८ र गत आव २०७९/८० मा एकसय पाँचजना हराएका छन् ।…

Read More

काठमाडौं : यती एयरलाइन्सको एउटा विमान पोखरामा ग्राउण्डेड भएको छ । काठमाडौं उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि उडान रोकिएको हो । आज बिहान पौने १२ बजे यात्रुहरु बोर्डिङ गरिसकेपछि विमान रोकिएको हो । बिहानदेखि खोज्न थालिएको मुसो अपरान्ह साढे ४ बजेसम्म फेला परेको छैन । मुसो खोज्न र थप प्राविधिक परीक्षणका लागि काठमाडौंबाट इञ्जिनियरहरुको टोली पोखरा पुगेको छ ।

Read More