धनगढी: नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले धनगढीमा वृक्षरोपण गरेका छन्। प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरमा उनीहरूले वृक्षरोपण गरिएको बताइएको छ।
प्राधिकरणको सुदूरपश्चिमस्थित कार्यालय र मातहतका कर्मचारी तथा कार्यालयले सो अवसरमा वृक्षरोपण गरेका हुन्।
उनीहरू धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित शिवपुरी धामको सामुदायिक वनमा वृक्षराेपण गरेका थिए। सामुदायिक वन परिसरमा करिब ३०० बोटहरु राेपिएको बताइन्छ।
‘रुख काट्ने मात्र नभई रुख बोटबिरुवाको संरक्षण पनि गरिन्छ’ भन्ने सन्देश दिन प्राधिकरणले प्रत्येक वर्ष साउन १५ गते मुलुकभरका कार्यालयमार्फत् वृक्षरोपण गर्दै आएको छ।
हरियो वन नेपालको धन भन्ने नारालाई समर्थन गर्दै प्राधिकरणले बेलाबेलामा रुखहरुका हांगा काट्ने तथा बोटहरु काट्नुपर्ने भएका कारण प्राधिकरणले काट्ने मात्र नभई राेप्ने पनि गर्छ संदेश दिन वृक्षाराेपण गरिएको विद्युत प्राधिकरण सुदूरपश्चिमका निर्देशक जंगबहादुर चन्दले बताए।