Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा सडक (बाटो) नै नभएको ठाउँमा पुल निर्माण गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ मा सडक नै नभएको ठाउँमा पुल निर्माण गरिएको हो। २०७७/७८ मा वडा कार्यालयले ५ लाखको लगानीमा उपभोक्ता समिति बनाएर सो पुल बनाएको हो। पुल निर्माण भइसकेपछि वडा कार्यालयबाट बजेट विनियोजन नहुँदा पुललाई सञ्चालनमा ल्याउन नसकिएको पुल निर्माण उपभोक्ता समितिका सचिव नारायण गिरीले बताए। पुल निर्माण गरिएपछि सडक पनि बनाउने भनिएकोमा अझै पनि सडक नबनेको हो। पुल भने करिब दुई वर्ष अगाडि नै बनेको थियो। तर, सडक नबनेका कारण पुल प्रयोगविहीन रहेको छ। त्यहाँ खोला पनि नरहेको स्थानमा पुल बनाइएको भन्दै अहिले विरोध भइरहेको…

Read More

कञ्चनपुरः कञ्चनपुरमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्की रहेका प्रहरीले बताएको छ । जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते उनलाई वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो । सोही दिनदेखि फरार रहेका उनलाई आज उनकै घरबाट पक्राउ गरिएको हो । उनलाई अदालतले कारागार चलान गरेको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरका एक वृद्ध काठमाडौँको किर्तिपुरबाट हराएका छन् । कृष्णपुर नगरपालिका-९ राजघाटका ८० वर्षीय वाशुदेव उपाध्याय आइतवार कोठाबाट नै हराएका हुन् । उनलाई कसैले कहीँ कतै देखे वा भेटाए नजिकको प्रहरी वा ९८४८७६५१६८/९८४८५७८०५७ मा खबर गरिदिन उनका आफन्तले आग्रह गरेका छन् ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं एसएसपी दानबहादुर कार्की र अर्का एसपी रमेशकुमार बस्नेतलाई अदालतको अवहेलनाको आरोपबाट क्षमादान दिएको छ । १२ वर्ष अघि तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला कार्यान्वयन नगरेको भनी सर्वोच्च अदालतले उनीहरुलाई १५ दिन कैद र ५ हजार जरिवानाको कैद प्रस्ताव गरेको थियो । फैसला कार्यान्वयन गरेमा प्रस्ताव गरेको कैद र जरिवाना मिनाहा हुनसक्ने भनी सर्वोच्च अदालतले गत ११ फागुन, २०७९ मा आदेश गरेको थियो । आदेश अनुसार जाहेरीको अनुसन्धान गरी सरकारी कागजात किर्तेमा मुद्दा नचल्ने निर्णय गरेपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको इजलासले उनीहरुलाई क्षमादान दिएको हो ।

Read More

धनगढीः धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब ७३ हजार मूल्य बराबरका अवैध सामान बरामद गरेको हो । भन्सार छलीका चिनी, साडी, पास्ता, चप्पल, साइकलको टायर, काजु, लगायतका सामानहरु प्रहरी गस्ती टोलीले शनिवार बेवारिसे अवस्थामा फेला पारेको बताइएको छ । प्रहरीले बरामद गरिएका सामान कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको बताएको छ ।

Read More

चितवन: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे । उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए । पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उनको भनाइ थियो । उनले भने, “पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।” कांग्रेस भ्रष्टाचारको…

Read More

कैलाली: कर्णाली नदीमा नुहाउने क्रममा डुबेर कैलालीकी एक किशोरी बेपत्ता भएकी छिन् । जिल्लाको मोहन्याल गाउँपालिका–६ सोल्टाका चक्रे टमटाकी १२ वर्षीया छोरी बबिता टमटा शनिवार कर्णाली नदीमा डुबेर बेपत्ता भएकी हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटेलमा बेहोस भेटिएका युुवकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। शुक्रवार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटेलमा बेहोस भेटिएका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी भगवती टोल बस्ने ३७ वर्षीय विष्णुु पनेरुको शनिवार मृत्यु भएको थियो। उनको मृत्युपछि उनी बेहोस भेटिएको होटेलको कोठामा सँगै बसेकी धनगढी–१४ फुलबारीकी ३२ वर्षीया सुुमी भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए। सापकोटालाई शनिवार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

Read More

धनगढीः नेकपा (एमाले)ले सरकार र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लडाकु शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लडाकु शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएका हुन्। एमालेको सुदूरपश्चिम प्रदेश स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव ज्ञवालीले यस्तो चुनौती दिएका हुन्। उनले सरकारले प्रचारात्मक काम मात्र गरिरहेको भन्दै लडाकु शिविरको छानबिन गर्न प्रचण्डलाई चुनौती दिए। ‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ ?’ उनले भने। उनले २२ पटकसम्म सुन छाडेर…

Read More

वेदकोट: वर्षातको पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ । “बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ”, कुतियाकबरका स्थानीय खड्के बुढाले भने, “बाढी आयो भने सिधैँ बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन ।” महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर । करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन् ।…

Read More