कञ्चनपुरः कञ्चनपुरमा सडक (बाटो) नै नभएको ठाउँमा पुल निर्माण गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ मा सडक नै नभएको ठाउँमा पुल निर्माण गरिएको हो।
२०७७/७८ मा वडा कार्यालयले ५ लाखको लगानीमा उपभोक्ता समिति बनाएर सो पुल बनाएको हो। पुल निर्माण भइसकेपछि वडा कार्यालयबाट बजेट विनियोजन नहुँदा पुललाई सञ्चालनमा ल्याउन नसकिएको पुल निर्माण उपभोक्ता समितिका सचिव नारायण गिरीले बताए।
पुल निर्माण गरिएपछि सडक पनि बनाउने भनिएकोमा अझै पनि सडक नबनेको हो। पुल भने करिब दुई वर्ष अगाडि नै बनेको थियो। तर, सडक नबनेका कारण पुल प्रयोगविहीन रहेको छ।
त्यहाँ खोला पनि नरहेको स्थानमा पुल बनाइएको भन्दै अहिले विरोध भइरहेको छ। स्थानीयले यो पुललाई कतै नभएको विकासको नमुना भन्दै आलोचना गरिरहेका छन्।
Facebook Comments Box