कञ्चनपुरः कञ्चनपुरमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्की रहेका प्रहरीले बताएको छ ।
जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते उनलाई वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो ।
सोही दिनदेखि फरार रहेका उनलाई आज उनकै घरबाट पक्राउ गरिएको हो । उनलाई अदालतले कारागार चलान गरेको छ ।
Facebook Comments Box