Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि सिफारिस गरिएको छ । गृह मन्त्रालयले दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए । मन्त्रिपरिषद्को बैठक बस्न सके बस्ने र बस्न नसके पछि पारित गर्ने गरी राजकीय सम्मानसहित अन्तेष्टि गरिने उनले बताए ।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित स्याली खोलामा निर्माण गरिएको ट्रष्ट पुल सञ्चालनमा आएको छ ।मंगलबार नगरप्रमुख पोतिलाल चौधरीले उक्त पुलको उद्धघाटन गरेका हुन् । बेलौरीको ६ र ७ नम्बर वडा जोड्ने ४८ मिटर लामो सो पुल निर्माणको लागि २०७८ माघमा ६१ लाख १४ हजार १ सय १६ रुपैयाँ लागतमा सम्झौता भएको थियो । स्वाप संस्थाको ५१ लाख ९६ हजार ९ सय ९९, नगरपालिकाको ७ लाख ९४ हजार ८ सय ३५ र १ लाख २२ हजार २ सय ४२ रुपैयाँको जन श्रमदानमा पुल बनेको हो । पुल निर्माणमा नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको प्राविधिक तथा सामाजिक सहयोग रहेको थियो । जिर्ण…

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गरेको छ। महासचिव देवप्रसाद गुरुङले बुधबार विज्ञप्ति जारी गरी सीताको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। ‘उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण उहाँका विशेषता हुन्’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँ आफ्ना योगदानमार्फत चीर कालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने रातोपानी सामुदायिक वनभित्र फडानी भएको छ। करिब ५० जति सालका रुख काटेर अन्दाजी पाँच हजार क्यफिट काठ वनभित्रै चिरान गरेर तस्करी भएको हो। तस्करी गर्दै गरेको अवस्थामा दुइ जनालाई स्थानीयले पक्राउ गरेका छन्। सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा पछिल्लो समय व्यापक वन फडानी भइरहेको स्थानीले बताएका छन्। ठुलो परिमाणमा काठ तस्करी भए पनि १५० क्यूफिट काठ मात्रै बरामद भएको देखाएर मुख्य तस्करलाई वनका अध्यक्ष र कर्मचारीको मिलेमतोमा बचाउने काम भएको स्थानीयले आरोप लगाएका छन्। सामुदायिक वनका अध्यक्षको मिलेमतोमा तस्करी मौलाएको भन्दै स्थानीयले अध्यक्षको राजीनामा माग गरेका छन्।…

Read More

धनगढी: टीकापुरमा हिजो राति २ जना युवकमाथि खुकुरी प्रहार भयो। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीलाई खुकुरी प्रहार भएको थियो। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुल्सीराम अर्यालले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएका थिए। उनले हिजो चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको बताएका थिए।यस्तै उनीहरुको खोजीमा प्रहरी खटाएको पनि उनले बताएका थिए। तर पीडित प्रकाश खड्काले भने जयन्द्र शाहको समूहले आक्रमण गरेको जनाएका छन्। यतिमात्र होइन, उनले डिएसपी र टीकापुरका इन्सपेक्टरकै संरक्षणमा अपराध भैरहेको र भएको आरोप लगाउदै प्रहरी…

Read More

डडेल्धुरा: डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन्। जिल्लाको परशुराम नगरपालिका-८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन्। प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताएका छन्। उनलाई अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएको स्थानीय भुपेन्द्र धामीले बताए। अस्पताल लग्दालग्दै मिनाले लामिगडाको जङ्गलमा राति करिब १० बजे शिशुलाई जन्म दिएको उनले बताए। उनले आक्रोश पोख्दै सामाजिक संजालमा प्रश्न सोधेका छन्, ‘हेल्लो युवा वैज्ञानिक मेयर साप ! अस्ति तपाईंको पहलमा मात्रै आएको एम्बुलेन्स कता थन्काउनु भएको छ ? सडकको सुविधा कहिले हुन्छ ? सडक नै…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ बिशाल नगरबाट २१० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २४ वर्षीय सन्दिप पौडेललाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी गस्ती टोलीले शंकालागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। 

Read More

धनगढी: प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। आज (बुधबार) बिहान दाहालको निधन भएको हो। आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको बताइएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो। पारिवारिक स्रोतका अनुसार दाहालको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। दाहाल लामो समयदेखि बिरामी थिइन्। पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन्। अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता छन्। मृतक दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि आज ११ बजेदेखि…

Read More

हुम्ला: सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा  मोटरसाइकल बोकेर लैजाने गरिएको छ। मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याए । त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ।  उनले सुरुमा चालिस हजार रुपियाँबाट मोलमोलाइ सुरु भए पनि पछि तीस हजारमा मोटरसाइकल बोक्न मानिस तयार भएको बताए। सो क्षेत्रमा मोटरसाइकल बोकेर ल्याउन कम्तीमा चारदेखि छ जना मानिस आवश्यक पर्छ। सिमकोटमा गाडी तथा मोटरसाइकल सञ्चालनमा आएपछि पछिल्लो समय गाडी र मानिसलाई मोटरसाइकल बोकाएर जिल्लामा ल्याउने चलन बढेको छ। यसरी मानिसलाई…

Read More

अछाम: अछाममा भिरबाट लडेर अमृता साउदको मृत्यु भएको छ। मंगलवार जिल्लाको चौरपाटी गाउँपालिका–१ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ वर्षीया अमृताको मृत्यु भएको बताइएको छ। मृतक साउद सिउडी माध्यमिक विद्यालय चौरपाटी–१ कक्षा ८ मा अध्ययनरत थिइन्। उनी बिहान मात्रै कक्षा ८ को त्रैमासिक परीक्षा दिएर गएकी विद्यालयका प्राधानाध्यापक रमेश धानुकले बताए।

Read More