धनगढी: टीकापुरमा हिजो राति २ जना युवकमाथि खुकुरी प्रहार भयो। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीलाई खुकुरी प्रहार भएको थियो।
इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुल्सीराम अर्यालले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएका थिए। उनले हिजो चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको बताएका थिए।यस्तै उनीहरुको खोजीमा प्रहरी खटाएको पनि उनले बताएका थिए। तर पीडित प्रकाश खड्काले भने जयन्द्र शाहको समूहले आक्रमण गरेको जनाएका छन्। यतिमात्र होइन, उनले डिएसपी र टीकापुरका इन्सपेक्टरकै संरक्षणमा अपराध भैरहेको र भएको आरोप लगाउदै प्रहरी मासुभातमा बिकेको पनि आरोप लगाएका छन्।
यता जयन्द्रले भने घटनाको दिन आफू टिकापुरमै नरहेको आफ्नो नाम बिना कारण जोडिएको जनाएका छन्।
हेर्नुस् खड्काको स्टाटस
डिएसपी तुल्सिराम अर्याल र इन्सपेक्टर सुरज खड्काको मिलेमतोमा जयन्द्र शाह समूहले खुकुरी प्रहार गरेको छ!
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, टीकापुर नगरपालिका उपप्रमुख शाह, नेपाली कांग्रेसका क्षेत्रीय सभापति शाह, डिएसपी हेम शाही, टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षको संरक्षणमा टीकापुरको बडुवाल हत्या प्रकरणमा मुछिएका जयन्द्र शाहको समूहले अपराधिक गतिविधि गर्दै आएको कुरा टीकापुर नगरवासिलाई जगजाहेर छ !
राजनीतिक आड र प्रहरी प्रशासनलाई हातमा लिएर जयन्द्र शाहको नेतृत्वमा टीकापुरका निर्माण व्यवसायीलाई धम्काउने टेन्डर बिट गर्न नदिने मोटो रकममा फिरौती असुली गर्ने, टीकापुर पशु हाटबजार, नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिटी स्रोतमाथि कब्जा गर्दै आएको थियो। उनीहरुको गतिविधिबाट टीकापुर त्रसित भएको थियो, त्यो बेलामा टीकापुर इलाका प्रहरी कार्यलयको प्रमुख डिएसपी हेम शाही थिए। डिएसपी हेम शाहीलाई बारम्बार ध्यानाकर्षण गराउदा पनि कुनै सुनाइ भएन। किनभने उनीहरुलाई हेम शाहिको पनि आशीर्वाद थियो। उनीहरुले टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनको दिनमा हजारौंको भिड्मा दिनदाडे प्रहरीको आँखा अगाडि मान्छेलाई कुटपिट गर्दै अपहरण शैलीमा लग्दै गर्दा प्रहरी मुखदर्शक भएर टुलुटुलु हेरि रह्यो। निर्वाचनमा इनिस्पेक्टर शुरज खड्काले कमान्ड समालेका थिए। उनी पनि त्यही थिए प्रहरीमाथि उनीहरुले आक्रमण गर्दा समात्न छोडेर उनीहरुलाई योजनाबद्ध त्यहाँबाट भगाइयो। किनकि डिएसपी हेम शाही र इनिस्पेक्टर सुरज खड्काको त्यो घटना घटाउन संलग्नता थियो।
अब अति भो यसकाविरुद्ध बोल्न पर्छ भन्दै म प्रकाश खड्काले अपराधिक गतिविधि शाह समुहका विरुद्ध डटेर बोले, लेखे र प्रतिवाद गरे। उनीहरुको अपराधिक गतिविधिका विरुद्ध बोल्दा डिएसपी हेम शाहीले टीकापुर महोत्सवको बेलामा म माथि दुर्ववहार गर्दै हातपातको प्रयास गरे ! त्यो विवादपछि हेम शाहिको तीन दिनमै सरुवा भयो ! हेम शाहीको सरुवा भएसंगै टीकापुर इलाका प्रहरी कार्यलयको प्रमुखको जिम्मेवारी सम्हाल्दै डिएसपी उद्धवसिंह भाट आउनुभयो। टीकापुरमा उद्धवसिंह भाट आइसकेपछि टीकापुरमा उहाँको कार्यकालमा लागुऔषध, फिरौती असुली,गुण्डागर्दी शन्यू भएको थियो! त्यसपछि उनीहरुले अपराधिक गतिविधि गर्न नपाएपछि टीकापुरका पत्रकार,अपराधी मानसिकता भएका केही थान राजनीतिक दलका अगुवा, डिएसपी उद्धव भाटलाई कसरी हटाउन सकिन्छ भनेर डिएसपी उद्धव भाटलाई योजनाबद्ध ढंगबाट विवादमा ल्याउने मिडियाबाजी गरेर उहाँलाई ४ महिनाको कार्यकाल नहुन पाउदै उनको सरुवा त्यो गिरोहले गर्यो! डिएसपी उद्धव भाटको सरुवाको खबर आए संगै उनीहरुले सामाजिक संजालमा खुसियाली व्यक्त गरेर स्टाटस लेखेका थिए! टीकापुर ईलाका प्रहरी कार्यालयमा नयाँ पोस्टिङ भएर तुल्सिराम अर्याल आउनुभो !
डिएसपी अर्याल टीकापुर आउने दिनमा चिसापानीको पुलमा डिएसपी हेम शाही, निर्माण व्यवसायी जनक शाही र अपराधिक गतिविधि गर्ने समुहका नाइके जयन्द्र शाहले स्वागत गरेका थिए ! त्यसै दिन टीकापुर ईलाका प्रहरी कार्यालयमै डिएसपी हेम शाही, डिएसपी अर्याल, निर्माण व्यवसायी जनक शाही र जयन्द्र शाहले दारुको खम्बा चेस गर्दै त्यो रातको खान त्यही खएका थिए ! उनीहरुले डिएसपी अर्याल आइसकेपछि आफ्नो गतिविधि लाई फेरि सक्रिय रुपमा अघि बढाए ! उनीहरु पशुहाटबजारका निर्माण व्यवसायी सुरज कडायतलाई आँखा अस्पताल रोड अगाडि दिनदहाडै फिल्मी शैलीमा अपहरण गरि उहाँको गाडी रोकि काट्ने मार्ने धम्की दिदै दुई दिनभित्र ३ लाख रुपैया पैसा हाम्रो समूह लाई % दिइएन भने जे पनि हुनसक्ने भनेर नराम्रो संग धम्काएका थिए ! उक्त घटनापछि हामी टीकापुर ईलाका प्रहरी कार्यालय जाहेरी लिएर गयौं हाम्रो जाहेरी प्रहरीले बुझ्न मानेन निवेदन अर्को लिएर आउनुस् यो निवेदन भएन भनेर डिएसपी अर्याल र इन्सपेक्टर सुरज खड्काले हामीलाई फर्काइ दिए ! त्यसको भोलिपल्ट फेरि अर्को जाहेरी लेखेर दियौं त्यो पनि बुझ्न मानेन हामी फेरि फर्कियौं !
म आफैले ३ पटक उनीहरुको नाममा निवेदन टीकापुरको ईलाका प्रहरी कार्यालय मुद्दा फाटमा दर्ता गरे त्यैपनी सुनुवाइ भएन ! हप्तौं दिन पहिले बम ओलि बजार आफ्नो व्यक्तिगत कामले गएको बेला आज आक्रमण गर्ने समूहले बमलाई घुरेर हेरेको र बमले के भयो भाइ किन यसरी हेरेको ? भनेर सोधेका रैछ्न् ! आज टीकापुर नगरपालिका वडा नम्बर २ बिजय नगरको स्वास्थ्य चौकी नजिक बम ओलि नवराज ठकुल्ला १ नम्बर वडाका अध्यक्ष कमरेड मोहन विकज्यू व्यक्तिगत कामले त्यहाँ जानुभएको थियो ! मलाई बम र नवराजले एकछिन भएनी आउन आग्रह गरे म त्यहाँ आइपुगे ! म आइपुगेको १० मिनेटभित्र हामी त्यहाबाट घर आउने क्रममा वडाध्यक्ष मोहन विक, नवराज ठकुल्ला एउटा बाइकमा, बम आफ्नो स्कुटरमा म भन्दा १०० मिटर पर थिए, बम ओलि लाई आक्रमण भएको मैले देखेपछि आत्तिदै बम ओलिलाई बचाउन नजिक पुगे त्यतिकैमा बम त्यहाँबाट भाग्न सफल भए ! ती अपराधीहरु आत्तिएर भाग्ने क्रममा मलाई चल्दै बाइकबाट खुकुरी फरार गरि बेपत्ता भागेका थिए ! त्यस लगत्तै ५०/६० जनाको संख्यामा न्याय माग्न हामी ईलाका प्रहरी कार्यालय पुग्दा इन्स्पेक्टर सुरज खड्काको नेतृत्वमा हामी माथि यो घटनालाई कमजोर पार्न योजनाबद्ध ढङ्गबाट दुर्ववहार गर्दै बल प्रयोग गरेर दमनको प्रयास भयो ! हामीमाथि प्रहरीले गरेको दुर्ववहारका थुप्रै प्रमाण छन् यो भिडियो एउटा नमूना मात्र हो !
ल भन्नुस् प्रहरी मेरो साथी भन्ने नाराको अर्थ यहीँ हो ?