कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित स्याली खोलामा निर्माण गरिएको ट्रष्ट पुल सञ्चालनमा आएको छ ।मंगलबार नगरप्रमुख पोतिलाल चौधरीले उक्त पुलको उद्धघाटन गरेका हुन् ।
बेलौरीको ६ र ७ नम्बर वडा जोड्ने ४८ मिटर लामो सो पुल निर्माणको लागि २०७८ माघमा ६१ लाख १४ हजार १ सय १६ रुपैयाँ लागतमा सम्झौता भएको थियो ।
स्वाप संस्थाको ५१ लाख ९६ हजार ९ सय ९९, नगरपालिकाको ७ लाख ९४ हजार ८ सय ३५ र १ लाख २२ हजार २ सय ४२ रुपैयाँको जन श्रमदानमा पुल बनेको हो । पुल निर्माणमा नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको प्राविधिक तथा सामाजिक सहयोग रहेको थियो ।
जिर्ण अवस्थाको काठेपुलबाट आवतजावत गर्नुपर्दा सास्ती खेपिरहेका स्थानीयलाई ट्रष्ट पुल सञ्चालनमा आएसँगै सहज हुने भएको छ ।
Facebook Comments Box