Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : आज राति १२ बजेबाट डिजेल पेट्रोलमा स्वचालित मूल्य लागू हुने भएको छ। नेपाल आयल निगमको आज बसेको २३३५औँ सञ्चालक समितिको बैठकले साउन १ बाट लागू गर्ने निर्णय गरेको हो। यसअघि पनि स्वचालित मूल्य लागू भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। तर, आगामी दिनहरूमा भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ्दा मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ। हवाई इन्धनको मूल्य समितिको निर्णयअनुसार हुने निगमका महाप्रबन्धक उमेश थानीले जानकारी दिए। त्यस्तै, निगमले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ घटाएको छ। अब एलपी ग्यासको १८ सय रुपैयाँबाट घटेर १७९० रुपैयाँ पुगेको छ। पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घटाएको छ।

Read More

काठमाडौँ : आइतबार हेटौँडाबाट प्रहरीले एक सय किलो ६ सय ग्राम लागुऔषध गाँजा र पिकअप गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा- ४ कर्रास्थित सडक खण्डमा सवारीसाधन रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा बोकी ल्याएको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो। बोलेरो पिकअप गाडीलाई रोकी शङ्का लागेर खानतलासी गर्दा उक्त गाडीको पछाडिको भागमा खाली क्रेटहरूको मुनी बोराभित्र लुकाइछिपाई गरी ल्याइएको अवस्थामा लागुऔषध गाँजा एक सय किलो ६ सय ग्राम फेला पारेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उक्त लागुऔषध र पिकअफ गाडीसहित चालक गोरखा पालुङटार नगरपालिका- ३ बस्ने ३७…

Read More

काठमाडौँ – जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।

Read More

काठमाडौँ : ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आरोपीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको…

Read More

काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीनवटै प्रहरी संगठनका बहालरत र पूर्वप्रमुखहरुसँग सामूहिक छलफल गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान कुराकानी भएको हो । बिहान ८ देखि साढे ११ बजेसम्म चलेको साढे तीनघण्टा लामो छलफलमा दुवै प्रहरी संगठनका पूर्वआइजीपीहरु, पूर्वएआइजीहरु र राष्ट्रिय अनुसन्धान विभागका पूर्वनिर्देशकहरू सहभागी थिए । साथै, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर, सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा पनि छलफलमा थिए ।

Read More

सङ्खुवासभा: सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो । आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए । बाढीपहिरामा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ…

Read More

टीकापुर: विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ । ‘रोपरोप रोपन्यारी, हातको बीउ छँदैकाइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकीमै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’ यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन थियो । आजभोलि…

Read More

पर्वत: जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जिप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा…

Read More

काठमाडौँ: देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ । छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि आजेसम्म शान्ति समाजका जिल्ला शाखाको आयोजनामा सुर्खेत, चितवन, सङ्खुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाडौँ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्की गरी १६ जिल्लामा प्रदर्शन गरिएको हो । ‘प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर’, ‘दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर’, ‘जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर’, ‘हाम्रो आन्दोलन स् सामाजिक न्यायका लागि’ र ‘दण्डहीनता अन्त्य गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन…

Read More

एजेन्सी: अमेरिकामा अत्यधिक गर्मी बढेको छ । दक्षिण–पश्चिमी क्षेत्रमा तातो हावा लू चल्ने चेतावनी दिइएको छ । गर्मीका कारण झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित भएका बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टन डीसी गर्मीको बढी चपेटामा परेका खबरमा उल्लेख छ । क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम ५४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यो ठाउँ विश्वको सबैभन्दा तातो ठाउँमध्ये एक हो । यस्तै, एरिजोना, टेक्सास, फ्लोरिडालगायत क्षेत्रमा पनि गर्मी बढेको छ । गर्मीबाट जोगिन मानिसहरुले घरमा एसीको अत्यधिक प्रयोग गरेकाले टेक्सास राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान कायम भएको बीबीसीले जनाएको छ । यस्तै, युरोपमा पनि गर्मी बढेको छ…

Read More