Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ की ३५ वर्षीया जानकी बोहरा पक्राउ परेकी हुन् । उनलाई धनगढी उपमहानगरपालिका–३ बाट भन्सार छली ल्याएका अन्दाजी ४४ हजार ५ सय मूल्य बराबरको चिनी, तेल, प्लाष्टिक झिल्ली, बिडी, सुर्ती लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।

Read More

धनगढीः धनगढीको एक पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ बसपार्क गोल मार्केट स्थित लक्षित इन्टरप्राइजेजमा आगलागी भएको हो। गोदावरी नगरपालिका–१ का ३५ वर्षीय चेतराज भट्टले सञ्चालन गरेको लक्षित इन्टरप्राइजेज (कपडाको होलसेल पसल)मा बुधवार दिउँसो अचानक विद्युतको लाइन सर्ट हुन गई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा पसल भित्र रहेका अन्दाजी ८ लाख मुल्य बराबरको सामानहरु जलेर नष्ट भएको जनाइएको छ।

Read More

कञ्चनपुर: जिल्लाको बेलौरी नगरपालिका ३ खिरियाबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित सोही ठाउका एक स्थानीय युवालाई पक्राउ गरेको छ। खिरियाको भुईया मन्दिर नजिकैबाट ३.०१ ग्राम लागुऔषध खैरो हेरोइनसहित सोही ठाँउ बस्ने बर्ष २२ को फिलिप रानालाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।

Read More

काठमाडौं: पशुचौपायामा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि अहिलेसम्म १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये २ लाख २२ हजार ७ सय ५१ पशुलाई लगाइएको पशु सेवा विभागले जनाएको छ । रोगको महामारी नियन्त्रण गर्नका लागि सरकारले निजी क्षेत्रलाई खोप आयातको स्वीकृति दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारीले बताएका छन् । उनका अनुसार गाईभैँसीको खोपका लागि ०७९/८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक हरेक पालिकामा महामारी नियन्त्रण गर्न सङ्घीय सःसर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको छ । यो रकमबाट उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह गरेको डा.तिवारीले…

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्। हिजो बुधबार पुनर्वास नगरपालिका–९ स्थित प्यारातालको नालामा स्थानीय ६५ वर्षीय नरबहादुर सुनार मृत अवस्थामा फेला परेका हुन्। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

Read More

काठमाडौँ: अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका बल्छी धुर्वे, राजु मास्टरलगायतका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। बल्छी ध्रुवे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलगायत कलाकारलाई प्रहरीले वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले उनीहरुलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ। प्रहरीले सट्टेबाजी गराउने एजेन्ट दिनेश खड्का र अनिता धितालसँग भने १० लाख रुपैयाँ धरौटी मागेको छ। यही प्रकरणका एक अभियुक्त कुशल पोखरेल भने फरार छन्।

Read More

डडेल्धुरा: डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पढाइ छाडेर रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् । भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको संख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको संख्या बढी रहेको भागेश्वर गाउँपालिकाले जनाएको छ । पढाइको बीचमा विद्यालय छोड्नेमा छात्रको संख्याभन्दा छात्रा बढी छन् । छात्र रोजगारका लागि जान्छन् भने छात्राको घरपरिवारले गरीबीका कारण चाँडै…

Read More

कैलाली: कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाका १३ वटै स्थानीय तहका एक सय २६ वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए। उनका अनुसार राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोप सबै बालबालिकाले पूर्णरुपमा प्राप्त गरेको सुनिश्चितता भएपछि कैलालीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। उनले कैलालीलाई सर्वप्रथम…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र  गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

Read More

काठमाडौं : नेपाली सेनाले एक सय बढी सैनिक अधिकृतहरुको एकमुष्ठ सरुवा गरेको छ । आगामी साउन १ गतेदेखि लागु हुने गरी सेनाले एक सय ७८ सैनिकको सरुवा गरेको हो । ‘अधिकृत सरुवा–काज नियुक्ति निर्देशिका, २०७७’ बमोजिम सैनिक अधिकृतहरुको सरुवा गरिएको सेनाले जनाएको छ । युनिटहरुमा न्यूनतम हुनैपर्ने संख्यालाई आधार मानेर उनीहरुलाई यताउता सारिएको सेनाको भनाई छ । सेनाले ९२ प्रमुख सेनानी र ८६ सेनानीको सरुवा गरेको हो । जसअनुसार जगदल गणका प्रमुख सेनानी सरोजकुमार कार्की पूर्वी पृतना हेडक्वार्टर पुगेका छन् । नम्बर २७ बाहिनी अड्डाका प्रमुख सेनानी रणबहादुर खड्का समारोह सञ्चालन निर्देशनालय, हवाई सुरक्षा तालिम शिक्षालय (काज नेपाली सैनिक शारीरिक…

Read More