Author: महेन्द्रनगर पोष्ट

नयाँ दिल्ली : भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ। बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन्। गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ। सन् २०२२ मा भारतभर चट्याङका कारण नौ सय सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । लूले सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै सीताको तस्वीरमा माल्यार्पण पनि गरेका छन् । शुक्रबार मात्र काठमाडौँका आएका लूले यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

Read More

जनकपुरधाम : सप्तरीमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते भएका हुन् । प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजविराज लगिएको छ । एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरु राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Read More

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन्। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको भन्दै उनीहरूले शुक्रबार सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक छन्। अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि मानसिक दबाब दिएको उनीहरूको भनाई छ । विद्यालयको गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई सरुवा गर्ने भन्दै दबाब दिएकोसमेत उनीहरूले बताएका छन् ।

Read More

महोत्तरी : जयनगर-जनकपुर-कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म नै आउने भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटर आइतबार बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यकम तय भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन कुमार झाले जानकारी दिए । भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख झालाई हस्तान्तरण गरिसकेकाले रेल सञ्चालन गर्न लागेको रेल्वे कम्पनीले जनाएको छ । अहिले जयनगर– विजलपुरा स्टेसनसम्म दैनिक एकपटक रेल सेवा सञ्चालन गर्ने तयारी रहेपनि यात्रुको माग अनुसार सेवा थप गर्दै जाने योजना रहेको रेल्वे…

Read More

काठमाडौं : महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको फार्मेसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्। अर्घाखाँचीका ३६ वर्षीय अमृत पोखरेल फार्मेसी स्टोरमा झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी वृत्त महाराजगन्जले जनाएको छ। शुक्रबार बिहान नोटसहित फार्मेसी स्टोरमा उनको शव भेटिएको महाराजगन्ज प्रहरीले जनाएको हो। उनी पहिले फार्मेसीमा इन्चार्जका रूपमा कार्यरत रहेको र अहिले प्रशासनमा तानिएको अस्पताल प्रशासनले जनाएको छ। नोटमा उनले डा. भगवान कोइराला, सेन्टरका निर्देशक र अन्य सहकर्मीसँग माफी मागेका छन्। त्यस्तै नोटमा परिवारका सदस्यका नाममा ‘लभ यू’, ‘लभ यू’ लेखिएको पनि प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसिसी कार्यान्वयनबारे चर्चा गरेका छन्। परराष्ट्र मन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसिसी कार्यान्वयनबारे चर्चा गरेका हुन्। भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को सङ्कटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे। सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । ‘भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भयो । अमेरिकी सरकारप्रति आभारी छु,’ देउवालाई उदृत गर्दै उनको सचिवालयले भनेको छ ।

Read More

काठमाडौँ : कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागुऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास नगरपालिका- १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित अर्का युवक असिम थापा पक्राउ परेका छन्। नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका- को ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए। शर्माका अनुसार कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ। शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागुऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन्। कर्मचारी नै लागुऔषधमा संलग्न भएपछि स्थानीय अचम्मित भएका…

Read More

काठमाडौँ: डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको सचिवालय बैठकले विस्तार गरेसँगै अब केन्द्रीय समितिको संख्या दुई सय १६ पुगेको छ । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए । उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् । यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ । पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ ।​ यसैगरी…

Read More