Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको एक होटेलबाट ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडका ३९ वर्षीय प्रेम बोहराको सिगास होटेलमा जुवातास खेलिरहेका बोहरासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका ६० वर्षीय नवलसिंह रावलको आइतवार नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनको मृत्यु भएको हो ।

Read More

बझाङ: बझाङमा जेसिबि दुर्घटना भएको छ । आज जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–४ को ब्यासी बजारको बालुवा खानीमा बा३झ २३३५ नम्बरको जेसिबि दुर्घटना भएको हो । दुर्घटनामा जेसिबि चालक नुवाकोटको विदुर नगरपालिका–११ का अन्दाजी २८ वर्षीय युवराज तिमिल्सेना घाइते भएका र उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जेसिबि सडकबाट २५० मिटर तल खसेकाले पुर्ण रुपमा क्षति भएको जनाइएको छ ।

Read More

काठमाडौँ: सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले करार सेवामा शिक्षक तथा कर्मचारी माग गरेको हो । उपप्राध्यापक, सहायक प्रशासक र ल्याव असिस्टेण्ट १/१ जना माग गरिएको छ ।

Read More

कैलाली: कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ गणेशपुरमा २५ वर्षीय अनिल चौधरी र ब्लक नम्बर–१९ का २५ वर्षीय डायमण्ड विक्रम शाह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनीहरुलाई पक्राउ गरेको हो । शाहले लगाएको हाफ पाइन्टको खल्तिमा १८० मिलिग्राम खैरो हिरोइन र चौधरीले बोकेको झोलाभित्र ५२० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । चौधरीको घरको कोठाबाट समेत २ ग्राम ९०० मिलिग्राम लागुऔषध फेला परेको र दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

Read More

महेन्द्रनगर: कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो । अब शैक्षिक विकासको दृष्किोणले अब सुदूर, सुदूर (टाढा) रहेन । नेपालमा शिक्षाको उदय सुदूरपश्चिमबाटै भएको भए पनि सुदूरपश्चिम शिक्षाबाट सधैँ ओझेलमा परेको विषय अब इतिहास भइसकेको छ । तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले बझाङमा खोलेका पाठशाला तत्कालीन शासकले बन्द गरेपछि शिक्षाको उज्यालो सुदूरपश्चिमबाट टाढा रहन पुग्यो । मुलुकमा राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि विकास हुँदै गएको शिक्षाविद्को बुझाइ छ ।…

Read More

भोजपुर: भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । “घटना २२ गते रातिको भन्ने बुझिएको छ”, प्रहरी प्रमुख थापाले भने, “साथी मरेपछि अखुवा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ४ बजे बस्ने भएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । त्यस पछि अहिले सम्म बैठक बस्न सकेको थिएन । बजेट प्रस्तुत भएपछि आज पहिलो पटक बैठक बस्न लागेको हो । कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज साझ ४ बजे संसद् बोलाउने सहमति भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । आजको बैठकमा असार ५ गते दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्रीको घटना प्रति शोक प्रस्ताव…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्ने भएका छन्। तिथिअनुसार आज श्रावणको पहिलो सोमबारका दिन पत्नी राधिकासहित क्षमापूजा र होमसहित विशेष पूजामा सामेल हुन लागेको पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएकाे छ। आफू प्रधानमन्त्री छँदा राज्य र पशुपतिकोषको गरी ८० करोडमा जलहरी निर्माण गरी अर्पण गरेपछि हालै उत्पन्न विवाद अनि जलहरी हटाइ अख्तियारको आदेशमा भएको छानविन र पूजा अर्चनामा उत्पन्न भएको बाधकको प्रायश्चितका लागि हुने क्षमापूजामा उनी आज सामेल हुन लागेका हुन्। कोषका अनुसार पशुपतिमा क्षमापूजा ११ हजार रुपैयाँ शुल्क हुन्छ।

Read More

अछाम: अछामको मेल्लेख औद्योगिक ग्राममा छ वटा उद्योग सञ्चालनमा आएका छन्। मेल्लेख गाउँपालिका औद्योगिक ग्राम स्थापना गरी उद्योग सञ्चालन गरेको हो सञ्चालनमा उद्यमीलाई तालिमसँगै उत्पादनको उत्पादनको बजारीकरण सुरु गरेको छ। ग्राममा अल्लो, गार्मेन्ट, चिप्स उद्योग, अचार, दालमोट, सिस्नोको धुलो उद्योग स्थापना भई उत्पादन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । ती उद्योगबाट २१ जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ। ग्रामभित्र उद्योग सञ्चालन गरी उद्यमीलाई तालिम सुरु गरेको गाउँपालिकाले जनाएको छ। सरकारले चार वर्षअगाडि औद्योगिक ग्राम घोषणा गरे पनि हालसम्म अछामको मेल्लेख गाउँपालिकाले मात्र ग्राम स्थापना गरी सञ्चालनमा ल्याएको छ। अन्य ठाउँमा भने ग्राम निर्माणकै क्रममा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको…

Read More