काठमाडौँ: नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्ने भएका छन्।
तिथिअनुसार आज श्रावणको पहिलो सोमबारका दिन पत्नी राधिकासहित क्षमापूजा र होमसहित विशेष पूजामा सामेल हुन लागेको पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएकाे छ।
आफू प्रधानमन्त्री छँदा राज्य र पशुपतिकोषको गरी ८० करोडमा जलहरी निर्माण गरी अर्पण गरेपछि हालै उत्पन्न विवाद अनि जलहरी हटाइ अख्तियारको आदेशमा भएको छानविन र पूजा अर्चनामा उत्पन्न भएको बाधकको प्रायश्चितका लागि हुने क्षमापूजामा उनी आज सामेल हुन लागेका हुन्।
कोषका अनुसार पशुपतिमा क्षमापूजा ११ हजार रुपैयाँ शुल्क हुन्छ।
Facebook Comments Box