Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको अत्तरिया क्षेत्रमा होटल खोलेर यौनधन्दा गराउने २ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक डोटीको घण्टेश्वरका प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने बिमला सुनार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उक्त होटलबाट १ बट्टा कण्डम, ९ ट्याबलेट गर्भनिरोधक औषधि इकोन पिल्स र सरजोल क्रीम १ बट्टा बरामद भएको छ। वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेका उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा बस्नेतहरूमध्येबाट ६ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका छन् । १३औँ महाधिवेशनपछि काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । नेपालको संविधानले गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकका मात्र अधिकार दिने व्यवस्था गरेको छ । यो व्यवस्थाको पालनाका लागि नेपाली काँग्रेसले विदेशस्थित पार्टीका सङ्गठन जनसम्पर्क समितिमार्फत महाधिवेशन प्रतिनिधि पनि बनाउन नपाउने हो । तर, महामन्त्री शर्माले भने केन्द्रीय समिति बैठकमा सोमबार ६ जना केन्द्रीय सदस्य नै मनोनीत गर्न सभापतिसमक्ष प्रस्ताव गरेका हुन् । “कम्तीमा ६ वटा केन्द्रीय सदस्य जनसम्पर्क समितिबाट बनाउने…

Read More

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त पदहरूको विवरण माग गरेको छ । निर्वाचन पश्चात् जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको पद रिक्त भए निर्वाचन आयोग र संघीय मामिला मन्त्रालयलाई बुझाउन परिपत्र गरेको हो । मन्त्रालयको संघीय मामिला शाखाका अनुसार विवरण निर्वाचन आयोगमा बुझाएपछि आवश्यकताका आधारमा उपनिर्वाचन गर्ने आयोगको तयारी रहेको छ । पत्र :

Read More

काठमाडौं : गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो । अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले कुल रू १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ ।…

Read More

कैलाली : कैलालीमा लागुऔषध (खैरो हिरोईन) सहित एक महिला पक्राउ परेकी छन् । जिल्लाको लम्कीचुहा न.पा. वडा नं. ३ चिसापानी बजारमा लागु औषध (खैरो हेरोईन) को कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको महिला सहितको प्रहरी टोलिले सोही ठाउँ बस्ने दीपा बिष्ट (साउँद) लाई पक्राउ गरेको हो । विष्टलाई प्रहरीले संकास्पद तवरले हिडडुल गरीरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा १५० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भई रहेको र कैलाली जिल्ला अदालतबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि कैलाली कारागार पठाएको प्रहरीले जनाएको छ ।

Read More

झापा : झापामा सशस्त्र प्रहरीमाथि ढुंगामुडा र हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-१ स्थित रसुनगन्ज निवासी जितेन यादव रहेका छन्। घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ। डियुटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चार जनाको समूहले करिब एक महिनाअघि ढुंगामुडा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए। त्यसपछि सशस्त्रले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा यादवलाई शनिबार पक्राउ गरेको र चन्द्रमोहन लगायत तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीले यादवविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी…

Read More

धनगढीः कैलालीमा वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय राजु चोधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। चौधरीलाई २०७२ मंसिर २८ गते १८ हजार ४४० रुपैँया जरीवान तोकेको थियो। उनलाई सोमवार उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीमा भन्सार छलिका सामान बरामद गरिएको छ। जिल्लाको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट भन्सार छलि १४ हजार ९२० मुल्यबराबरको सुर्ती, लुगा सिलाउने धागो, बिडी,प्लाष्टिक झिल्ली, गुट्खा लगायतका सामान सोमबार दिउसो प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। कारबाहीकालागि सामान भन्सार कार्यालय सत्तिमा पठाइएको छ।

Read More

काठमाडौँ : इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । सोमबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नेपालको खाद्य सुरक्षाका साथै नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यसअवसरमा महत्त्वपूर्ण छलफल हुनेछ। यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड…

Read More

काठमाडौँ : लोक सेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । सो पुस्तकका लेखक एकलाव दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको थियो । उनीहरूले पुस्तक प्रकाशन गृहविरुद्ध पनि नाराबाजी गरेका थिए । नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट, वन रक्षक पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द समावेश गरिएको क्रान्तिकारीले जनाएको छ ।

Read More