Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागुऔषधसहित धनगढी–४ का ३७ वर्षीय वीरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित शनिबार राति पक्राउ गरेको हो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। यसैबीच भीमदत्त नगरपालिका–१३ दोधारा चादँनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ । कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय जनक भट्टले गए राति नौ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए । डिएसपी डाँगीका अनुसार भट्टसंगै झोलुङ्गे पुल पुगेका अर्का एक युवकलाई घटनाबारे अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।…

Read More

दार्चुला: दार्चुलामा ट्राफिक प्रहरीले बस चालकमाथि हातपात गरेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरका इन्चार्ज प्रहरी हवल्दार नवीन ठगुन्नाले महाकाली यातायाताको सु.प.प्र ०२००१ ख ९४८ बसका चालक रमेश खत्रीमाथि हातपात गरेका हुन् । आज बिहान उनलाई गोकुलेश्वर बजारमा हर्न बजाएको निहुँमा ट्राफिक हवल्दार ठगुन्नाले कठालो समात्दै कुटेका हुन् । ठगुन्नाले बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै करिब दस मिटरको दुरीमा रहेको अस्थायी प्रहरी पोष्टमा ल्याएको चालक खत्रीले बताए । गोकुलेश्वरमा महेन्द्रनगर, धनगढी लगायतका ठाउँबाट पुगेका बस, जिपहरु र छोटो दुरीमा चल्ने सवारी साधनको भिड थियो । उनले बस पार्किङमा लगाउँदै गर्दा हर्न बजाएका थिए । महाकाली यातायात, पवनदुत…

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका–८ ले विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रम ल्याएको छ । सो वडाका अध्यक्ष तपेन्द्र सिंह विष्टले यो कार्यक्रम आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको बताए । जसअनुसार वडास्थित कमलपुर मावि र गंगेश्वर आविमा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको नतिजा अनुरुप नगदसहित सम्मान गरिनेछ । वडा अध्यक्ष विष्टले वार्षिक परीक्षामा सर्वोत्तम, अतिउत्तम, उत्तम र राम्रोलाई गे्रड(नतिजा) अनुसार नगद तथा सम्मान गरिने बताए । क्रमशः सर्वोत्तम, अतिउत्तम, उत्तम र राम्रो गे्रड(नतिजा) ल्याउनेलाई ५० हजार, २५ हजार, १० हजार, र ५ हजार नगद तथा सम्मान गरिने उनले बताए । मेलौली-८ मा नेकपा एमालेको तर्फबाट निर्वाचित विष्ट…

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा सडक नबनेपछि वडाध्यक्षको फोटो टाँसेर बाटो बन्द गरिएको छ । व्यापारीहरुले सडकमा डोरीको अवरोध लगाएर त्यसमा भीमदत्त नगरपालिका-४ का वडाध्यक्ष सुशील भट्टको फोटो टाँसेका छन् । उनीहरुले महेन्द्रनगरको केन्द्र मदनचोकबाट राजमार्गतर्फ जाने बाटो बन्द गरेका हुन् । महेन्द्रनगर बजारको मुख्य चोकको सडक निर्माण अलपत्र पारिँदा पानी जम्ने, ढुंगा उछिट्टिएर सटरहरुमा लाग्ने भएपछि बाटो बन्द गर्नुपरेको व्यापारीहरुले बताएका छन् । सडकका ढुंगा हटाउन गरिएको अनुरोधको वडाध्यक्ष भट्टले वास्ता नै नगरेको उनीहरुले बताए । एसियाली विकास बैंक (एडिबी) सहयोगको सडक निर्माण आयोजनाले नगरका अन्य सडकको निर्माण लगभग गरिसके पनि मदनचोकलाई भने छोडेको छ । सडक निर्माणमा अवरोध बनेका भीमदत्त…

Read More

काठमाडौँ: नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । गएराति मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महिलालाई दुई राउन्ड गोली हानेका उनीहरु भारततर्फ नै भागेका बताइएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले बताए । घटनाको अनुसन्धान र हत्यामा संलग्नको खोजीमा…

Read More

काठमाडौँ: सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

मुगु: मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो । अहिले जिल्ला सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा छन् । विसं २०६८ मा स्थापना भएकोे सो आयोजनामा पटक–पटक समस्या आउने गरेको छ । यसका कारण मुगुका तीन हजार एक सय घरधुरी प्रत्यक्ष मारमा परेका छन् । विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक…

Read More

बैतडी: बैतडीमा अझै पनि ९५ प्रतिशत घरधुरी दाउरामा निर्भर रहेको पाइएको छ। जिल्लाको १० स्थानीय तहका ८४ वडामा रहेका ४५ हजार १९१ घर धुरीमध्ये ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको हो। नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको छ। तर, यो बैतडीमा पूर्णतया लागू भएको छैन। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विपत् पूर्वतयारीसम्बन्धी तथ्याङ्क पुस्तिका अनुसार ९५ प्रतिशत घरधुरी खाना पकाउन दाउरामा निर्भर रहेका छन्। ८० प्रतिशत घरहरू ढुङ्गा र गारोले बनेका कच्ची…

Read More

दार्चुला: दार्चुलाको दुहुँ गाउँपालिका– ४ दौला (तत्कालीन धारी गाविस)का अमरबहादुर बम र धनिशा बमको २० वर्षअघि बिहे भयो। विवाह गर्दा धनिशा १४ वर्षको मात्रै थिइन्। अमर बिहे गरेको १५ दिनमै रोजगारीका लागि भारतको दिल्ली गए। एक वर्षमा घर फर्किने र सबै ऋण तिरेर नयाँ जीवन सुरुवात गर्ने बाचा गरेका अमर सन् २००३ परिवारसँग सम्पर्कविहीन बने। पछि सिधै सन् २००७ मा उनी युएईको जेलमा रहेको जानकारी पाइयो। त्यहाँको न्यायालयले उनलाई मृत्युदण्डको सजाय तोकेको थियो। अहिले धनिशा श्रीमानको बाटो कुरेर बसिरहेकी छिन्।विवाहको १५ दिनमै छाडेर गएका उनी बाँकी जीवन सँगै बिताउने कल्पना गर्छिन्। ‘श्रीमानको याद आउँदा फोटो हेर्छु। जहिले पनि श्रीमानको न्यायका…

Read More