Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो।  नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले ठाडो असन्तुष्टि जनाएका छन्।  महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले नगर सभाले पारित गरे पनि उक्त निर्णय हालसम्म प्रमाणीकरण नभएको जानकारी दिए। नगर सभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ। 

Read More

काठमाडौँ : हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। पसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी,  सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले…

Read More

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला सचिव धनराज ज्ञवाली अवकाश भएका छन् । २०४३ साल वैशाख १५ गते न्याय सेवाको खरिदारबाट निजामती सेवामा प्रवेश गरेका ज्ञवाली ३७ वर्ष २ महिना व्यथित गर्दै शुक्रवार(आज)देखि अनिवार्य अवकाश भएका हुन् । सचिव ज्ञवालीलाई कानून मन्त्री धनराज ज्ञवालीले मायाको चिनोसहित बिदाई गरेका छन् । ६ वर्ष नायव सुब्बा, शाखा अधिकृत ६ वर्ष, उपसचिव १४ वर्ष, ७ वर्ष सहसचिव र त्यसपछि सचिव पदमा रही काम गरेका ज्ञवालीले जागिरे अवधिमा सचिव भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहसचिव रहँदा कानुन मन्त्रालय, कानुन आयोग र गृह मन्त्रालयमा काम गरे ।…

Read More

काठमाडौं : एक जना सशस्त्र प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् ।काठमाडौं स्थित पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा सशस्त्र प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेका हुन् । नाइलनको डोरीले रुखमा पासो लगाई रामेछाप घर भएका २१ वर्षीय समिर बस्नेत झुण्डिएका हुन् । मृत अवस्थामा फेला परेका उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गणमा कार्यरत उनको आत्महत्याबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ : ललितानिवास जग्गा हिनामिना प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख कलाधर देउजा पक्राउ परेका छन् । सिआइबीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो । यसअघि सर्वोच्च अदालतले पक्राउ नगर्न दिएको आदेश खारेज भएसँगै उनी पक्राउ परेका हुन् । गत वर्ष १७ जनालाई पक्राउ नगर्न आदेश भएकोमा शुक्रबार सर्वोच्चले उनीहरूको रिट खारेज गरेको हो । सिआइबीले गत १२ असारमा पनि उनलाई पक्राउ गरेको थियो । तर, उनीसँग पक्राउ नगर्न सर्वोच्चले दिएको आदेश रहेको खुलेपछि प्रहरीले छोडेको थियो । यससँगै यो मुद्दामा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

Read More

काठमाडौं: युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् । शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो । बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका १० की अन्दाजी १७ वर्षीया सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। एसिड युवतीलाई हान्न खोजिएपछि निजलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेर घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ।

Read More

विराटनगर : सुनसरी-धरान सडकखण्डमा गोली प्रहारबाट घाइते भएका विराटनगरका एक युवकको ज्यान गएको छ। शुक्रबार बेलुका विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएकोमा उनको ज्यान गएको हो। उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेकोमा चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Read More

विराटनगर: सुनसरीमा गोली प्रहार हुँदा एक जना घाइते भएका छन्। मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको हो। धरान-इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरि लुटपाट भएको प्रहरी जनाएको छ। चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ। गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ। प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ। सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए।

Read More

धनगढी : कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् । कैलारी गाउँपालिका–५ मनिकापुरमा से ७ प २९५३ र से ६ प २८५३ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गोदावरी नगरपालिका–५ का २७ वर्षीय अमृत राना सामान्य घाईते भएका छन् भने अर्का चालक कैलारी गाउँपालिका–३ का सन्जु चौधरी पनि घाइते छन् । चौधरीको धनगढीको नोभा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चौधरीको बाइक पछाडि सवार दुई जना सामान्य घाइते छन् । उनीहरुको हसुलिया अस्पालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौँमा मसाल जुलुश प्रदर्शन गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ । मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

Read More