Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः  कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको पुर्नवास नगरपालिका–५ सिमरी पुलबाट ३ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–११का ३३ वर्षीय मानबहादुर राना  बिहिवार दिउँसो पक्राउ परेका हुन्। उनलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी  भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको  छ। राति देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका  एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं: १०० ग्रुपले प्ल्सटुको प्रवेश परीक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। एक सूचना जारी गर्दै १०० ग्रुपले प्ल्सटु छात्रवृत्ति प्रवेश परीक्षाको लागि आवेदन माग गरेको हो। जसमा आरओएनबी, दारी क्लब युएसए, सोअर एक्सन नेपाल र एचके लगायतको साझेदारी छ। विभिन्न अवसरहरू सिर्जना गर्ने हेतुले उक्त आवेदन माग गरिएको बताइएको छ। जसका लागि छात्रवृत्ति आवेदन फारम काठमाडौं एडभान्स एकेडेमी, कुमारीपाटी, ललितपुर (९८५११३१०७४), वीरगन्ज पब्लिक कलेज नयाँ भवन, वीरगञ्ज, पानीटंकी (९८०९२३३८७१), कोहलपुर कलेज अफ होटल म्यानेजमेन्ट प्रालि लिमिटेड, कोहलपुर-११, बाँके तोकिएका छन्। जसको परीक्षा साउन ६ गते शनिबार बिहान ९ बजे हुनेछ। आवेदन दिनका लागि निम्न लिङ्कमा क्लिक गर्नुहोस्: https://bit.ly/3NZwhp0

Read More

डडेल्धुरा: बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका- ३ तडिगाउँको भट्ट परिवारका ५ जना सदस्य बिरामी परेका हुन्। बिरामी हुनेमा वर्ष ३५ का टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन्। सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ। अहिले सबैको उपचार सुरु भएको छ।

Read More

काठमाडौँ : भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ । सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा भने सूचनाले बाधा नपुर्‍याउने उल्लेख गरिएको छ । भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि खाद्य आपूर्ति शृंखलामा अवरोध हुन गई यसले नेपाल…

Read More

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद साउदी अरबले महिला नेतृत्व प्राप्त गर्ने भएको छ। संघको नवौं अधिवेशन अन्तर्गत भएको निर्वाचन प्रक्रियामा हालको वरिष्ठ उपाध्यक्ष रविना अर्यालको एकल उम्मेदवारी परेको छ। अर्यालको एकल उम्मेदवारी परेसंगै आगामी अध्यक्षमा उनी निर्वाचित हुने निश्चित भएको छ। आगामी २८ जुलाई रियादमा हुन लागेको अधिवेशनबाट नयाँ नेतृत्वमा सर्वसम्मत चयन गर्न लागिएको छ। वरिष्ठ उपाध्यक्षबाहेक कार्यसमितिको अन्य पदमा निर्विरोध नेतृत्व चयन हुने देखिएको छ। वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको र अन्य पद निर्विरोध हुने भएको छ। वरिष्ठ उपाध्यक्ष पदमा उमेश भट्टराई र विशालकुमार श्रेष्ठको उम्मेदवार परेको छ। वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुँदा अन्य पदमा पदाधिकारी…

Read More

धनगढी: बैतडीमा अवैध रुपमा मेडिकल चलाइएको पाइएको छ। जिल्लाको सिगास गाउँपालिका–२ स्थित गाँजरी बजारमा अवैध रुपमा मेडिकल चलाएको पाइएको हो। प्रहरी स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी समेतको टोलीले अनुगमनका क्रममा अवैध मेडिकल फेला पारेको हो। ३३ वर्षीय खेमराज अवस्थीले उक्त मेडिकल चलाएको फेला परेको हो। अवस्थीले बिरामी जाँचिरहेको बेला अनुगमन टोलीले फेला पारेपछि पक्राउ गरिएको र उक्त मेडिकल सिल गरिएको बताइएको छ। अवस्थीले सिएमए अनुत्तीर्ण भएको र २०७१ सालदेखि अवैधानिक रुपमा मेडिकल सञ्चालन गरिरहेको अनुसन्धानबाट खुलेको छ। उक्त मेडिकल कतै दर्ता समेत नभेटिएको जनाइएको छ।

Read More

काठमाडौँ : करीब एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना कार्गो सञ्चालक पनि पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ उनीहरूलाई पक्राउ गरेको हो। ट्रान्स ग्लोबल सर्भिसका पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए। विभागले साउन ३ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब एक क्विन्टल सुन बरामद गरिको थियो। विमानस्थलको गेट पास गरेर ट्याक्सी लग्दै गर्दा विभागको टोली सुन बरामद गरेको थियो। यसमा संलग्न रहेको आरोपमा विभागले दुई जना कार्गो सञ्चालक सहित नौ जनालाई पक्राउ गरिसकेको छ। यसअघि बिहीबार अपराह्न चिनियाँ नागरिक जेयुङ लिन पक्राउ परेका…

Read More

काठमाडौँ : विमानस्थल भन्सार गोदाममा थप ६ वटा कार्टुन फेला परेको छ । दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशसहितको टोलीले रेडी ट्रेडर्सले नै आयात गरेका थप कार्टुन फेला पारेको हो । सुन आयात भएकै कम्पनीले ल्याएका ती कार्टुनभित्र पनि सुन नै हुन सक्ने आशङ्का विभागको छ । ती कार्टुनहरूलाई अहिले सिलबन्दी गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको एक अधिकृतले जानकारी दिए

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० किलो अवैध सुन फेलापरेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको म्याद थप गरिएको छ। पक्राउ परेका ६ जनालाई १० थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले पाटनले राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको हो। राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद गरेको थियो।

Read More