Author: महेन्द्रनगर पोष्ट

सर्लाही: सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो ।

Read More

काठमाडौं: आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए। उनका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ। यस्तै, भोलिदेखि पानी पर्ने क्रम झन् बढ्ने अनुमान गरिएको छ। मनसुन सक्रिय हुने सङ्केत देखिएकाले भोलिदेखि केही दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् महर्जनले बताए। पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेको छ। पानी परिहाले पनि लगातारजसो झरी परेको छैन। तर, भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै…

Read More

बैतडी:  बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ। बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ। यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग पाँचपटक बन्द भइसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। दिनमा सयौँ गाडी आवतजावत गर्ने राजमार्ग बेला-बेलामा अवरुद्ध हुने गर्नाले समस्या हुने गरेको यात्रुहरूले बताएका छन्। यो राजमार्गको घुम्ती कटिङ गरेर स्तरोन्नतिको काम सञ्चालन भएकाले झनै समस्या भएको छ। घुम्ती कटिङ गरेका स्थानमा पानी परेपछि पहिरो गएका…

Read More

बैतडी: पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तीन महिनाभित्र बनाउने सहमति भएको छ। नेपाल र भारतबिच २८ वर्षअघि सम्पन्न महाकाली सन्धिले खाका कोरेकोे डिपीआर अबको तीन महिना भित्रमा टुङ्ग्याउन नेपाल र भारतका ऊर्जा सचिवहरूबिच सहमति भएको हो। पोखरामा पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति बैठकले डिपिआरलाई तीन महिनाभित्र अन्तिम रूप दिनमा सहमति गरेको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका जलशक्ति मन्त्रालयका सचिव पङ्कजकुमारको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो। गत जेठमा सम्पन्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै क्रमम दुई समकक्षीबिच तीन महिनाभित्र पञ्चेश्वरको डिपिआरलाई अन्तिम रूप दिने सहमति भएको थियो।

Read More

डोटी:  विषालु च्याउ खाँदा डोटीका ११ जना बिरामी परेका छन्। जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विरामी भएका हुन्। विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए। ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ९ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो। उनीहरूको अवस्था मध्यम छ ।

Read More

डडेल्धुराः नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले प्रदेश सभाको निर्वाचनमा आफूलाई गाउँलेले भोट नदिएको गुनासो गरेका छन्। शनिबार किसान शहीद भीमदत्त पन्तको जन्मथलोमा ई–लाइब्रेरीको उद्घाटन कार्यक्रममा बोल्दै बोहराले अमरगढी नगरपालिकाको वडा नम्बर २ र ३ का जनताले मतदान नगरेको आरोप लगाएका हुन्। ‘गन्यापधुरा, नवदुर्गा, अजयमेरुको मान्छेले मलाई भोट हाल्यो। यो नगरपालिकाले हालेन। त्यसमा यी दुई वटा वडा डोट्याल भन्हान् इन डोट्यालले झन् भोट हालेनन्’ उनले भने, ‘क्याकी हालेन् मेरो केही गल्ती भए माफ गर्नूहोला। बजेट ज्यादा हाल्या हुनाले हो कि? मलाई भन्न त भन्या हो, तपाईं यति बजेट हाल्दै हुनुहुन्छ, चुनाव हार्नुहुन्छ।’ पूर्वमन्त्री बोहराले आफू…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति भने कोशी प्रदेश सहित देशका तराईका केही  स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी…

Read More

काठमाडौँ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ । यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम…

Read More

धनगढी : धनगढीमा रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले १५ दिने निःशुल्क रगत जाँचसहित विषेशज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा दिने भएको छ। धनगढीउपमहानगरपालिका–२, पुरानो भन्सार रोड चोकमा रहेको सौभाग्य हस्पिटलले पहिलोपटक १५ दिने निःशुल्क रगत जाँच सहित विषेशज्ञ डाक्टरले निःशुल्क परामर्श तथा उपचार सेवा असार २५ गतेदेखि दिन लागेको हो । निःशुल्क विषेशज्ञ सेवाहरूमा पेट मुटु र छाती, हाड जोर्नी तथा नसा सम्बन्धी छाती दुख्ने, पोल्ने श्वास फेर्न गाह्रो हुने, दम बढ्ने, पेट दुख्ने, पोल्ने, भोक नलाउने अपच हुने, उच्च रक्तचाप, सुगर, थाइराइड जन्डिस, पिसाब पोल्ने, पिसाव कम बढी हुने, हातखुट्टा दुख्ने, कमक्रम हुने पोल्ने, हातखुट्टा दुख्ने,…

Read More

धनगढीः कैलालीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१ शिवनगरमा भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी एक लाख ११ हजार नौँ सय मुल्य बराबरको कुर्ती, कुर्ता शुरुवाल, धोतीसहित बाजुराको बुढीगंगा नगरपालिका–६ का २८ वर्षीय दिनेश भारती र सोहि पालिकाका ३६ वर्षीय प्रकाश नाथलाई शनिवार दिउँसो प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कैलालीको भजनी नगरपालिका–५ हिम्मतपुर र सोहि नगरपलिका–७ को चर्रामा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १८ हजार मुल्य बराबरका ब्रोईलर कुखुरा शनिवार प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। ब्रोईलर कुखुरालाई प्रहरीले कानून बमोजिम नष्ट गरेको जनाएको छ।

Read More