Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीमा आज बस दुर्घटना भएको छ। सोमबार दिउँसो जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा अहिलेसम्म एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको हो। यस्तै, दुर्घटनामा ३८ जना घाइते रहेको बैतडी प्रहरीले जानकारी दिएको छ। पञ्चेश्वर, कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घाइते भएका ३८ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार थालिएको बताइएको छ। बस सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर रुखमा अड्किएको थियो। दुर्घटनाको थप विवरण खुल्न बाँकी…

Read More

बैतडी: बैतडीको मेलौलीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा ३८जना घाइते भएका छन् । घाइते ३८ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पुर्याइएको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा आज दिउँसो १ बजेतिर दुर्घटना भएको हो ।

Read More

बैतडी: बैतडीमा बस दुर्घटना भएको छ । आज दिउँसो १ बजेतिर ञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कति जना सवार थिए भन्ने कुरा यकीन हुन बाँकी रहेको बताइएको छ ।

Read More

बैतडी: बैतडीको गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक बनाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकामा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गरिएको हो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त क्याम्पसमा प्राविधिक शिक्षा भएकाले सरकारले उक्त क्याम्पसलाई आंगिक बनाएर गाँउमै उच्च शिक्षाको सुविधा दिलाउनुपर्ने अभिभावकको माग अनुरुप सञ्चालक समितिले त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेरै ज्ञापन पत्र बुझाएको विद्यार्थी नेता तिलक मालले बताए । क्याम्पस प्रमुख प्रमानन्द जोशीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक सम्भाव्यता अध्ययन गरेर सरकारले जनताको मागअनुरुप…

Read More

कैलाली: कैलालीको एक होटेलबाट ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडका ३९ वर्षीय प्रेम बोहराको सिगास होटेलमा जुवातास खेलिरहेका बोहरासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका ६० वर्षीय नवलसिंह रावलको आइतवार नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनको मृत्यु भएको हो ।

Read More

बझाङ: बझाङमा जेसिबि दुर्घटना भएको छ । आज जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–४ को ब्यासी बजारको बालुवा खानीमा बा३झ २३३५ नम्बरको जेसिबि दुर्घटना भएको हो । दुर्घटनामा जेसिबि चालक नुवाकोटको विदुर नगरपालिका–११ का अन्दाजी २८ वर्षीय युवराज तिमिल्सेना घाइते भएका र उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जेसिबि सडकबाट २५० मिटर तल खसेकाले पुर्ण रुपमा क्षति भएको जनाइएको छ ।

Read More

काठमाडौँ: सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले करार सेवामा शिक्षक तथा कर्मचारी माग गरेको हो । उपप्राध्यापक, सहायक प्रशासक र ल्याव असिस्टेण्ट १/१ जना माग गरिएको छ ।

Read More

कैलाली: कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ गणेशपुरमा २५ वर्षीय अनिल चौधरी र ब्लक नम्बर–१९ का २५ वर्षीय डायमण्ड विक्रम शाह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनीहरुलाई पक्राउ गरेको हो । शाहले लगाएको हाफ पाइन्टको खल्तिमा १८० मिलिग्राम खैरो हिरोइन र चौधरीले बोकेको झोलाभित्र ५२० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । चौधरीको घरको कोठाबाट समेत २ ग्राम ९०० मिलिग्राम लागुऔषध फेला परेको र दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

Read More

महेन्द्रनगर: कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो । अब शैक्षिक विकासको दृष्किोणले अब सुदूर, सुदूर (टाढा) रहेन । नेपालमा शिक्षाको उदय सुदूरपश्चिमबाटै भएको भए पनि सुदूरपश्चिम शिक्षाबाट सधैँ ओझेलमा परेको विषय अब इतिहास भइसकेको छ । तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले बझाङमा खोलेका पाठशाला तत्कालीन शासकले बन्द गरेपछि शिक्षाको उज्यालो सुदूरपश्चिमबाट टाढा रहन पुग्यो । मुलुकमा राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि विकास हुँदै गएको शिक्षाविद्को बुझाइ छ ।…

Read More