Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रूपमा काम गर्ने बाटो खोलिदिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले अध्यक्षको रूपमा काम गर्ने बाटो खोलिदिएको हो । हर्क साम्पाङले खानेपानी बोर्डको स्वघोषित अध्यक्ष भएर आफूखुसी काम गरेको र बैठक पनि नबोलाएको भन्दै उनी विरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । बुधबार न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई अध्यक्षकै रूपमा काम गर्ने बाटो खोलिदिएको उच्च अदालत विराटनगरले जनाएको छ ।

Read More

काठमाडौँ : प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बुधवारको बैठकमा बाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले छ महिनाभित्र काठमाडौँ उपत्यकाभित्रका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् । समितिले काठमाडौँ उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बाग्मती सभ्यता करका नाममा उठाइएको शून्य दशमलव पाँच प्रतिशत रकम अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले पशुपति क्षेत्रसम्मको बाग्मती सफा गर्ने जिम्मेवारी अधिकार…

Read More

धनगढीः कैलालीको गेटामा विश्वविद्यालय स्थापनाका लागि हवन गरिने भएको छ । सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल स्थापनार्थ संघर्ष समितिले दवावमूलक कार्यक्रम अन्तरगत बिहीवार बिहान हवन गरिने भएको हो । समितिका संयोजक लोकराज पाण्डे (आगो)ले चालू सांसदमा मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र छ सय शय्याको अस्पताल सञ्चालनका लागि दवाव दिन हवन गर्न लागिएको बताए । विश्वविद्यालयको मुल गेट अगाडि हवन गरिने बताइएको छ ।

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपलिकामा तीन सय ९९ विपद्का घटना घटेका छन् । यसमा सबैभन्दा धेरै आगलागिका घटना रहेको कामपाले जानाएको छ । ती घटनामध्ये १६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा क्षेत्रभित्र ग्यास चुहाव भएर हुने आगलागी र बत्तीको पोलमा हुने आगलागीका घटना बढी छ । त्यसैगरी विद्युत् चुहावट भएर १०८, जल उत्पन्न प्रकोपको कारण २३, अन्य विविध विपद्का १०६ घटना घटेको बताइएको छ । विगतको वर्षहरुमा भन्दा यस वर्ष विपद्को घटना बढ्ने अनुमान कामपाले गरेको छ । गत आर्थिक वर्षमा विभिन्न प्रकारका…

Read More

काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हास्मीबीच भेटवार्ता भएको छ । आज जंगीअड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा भेटवार्ता भएको हो । सो क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ‘यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको धनगढी उपमहानगरपालिकाको संयोजकमा सन्तोष भट्ट चयन भएका छन्। आज (बुधबार) उपमहानगर कमिटीको बैठकले भट्टलाई संयोजक तोकेको हो। यस्तै, बैठकले विप्लव राना र हेमन्त महरालाई सह-संयोजक तोकेको छ।

Read More

बेनी: बचतकर्ताको उजुरीपछि प्रहरीले यहाँ सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अघि बढाएको छ । बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत सङ्कलन र लगानी दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ । सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताको प्रहरीमा उजुरी दिएका थिए । सहकारी विभागको अनुसन्धानसम्बन्धी सिफारिस र केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिपत्र भएपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए । उनका अनुसार अन्य बचतकर्ताले पनि जाहेरी दिने क्रम बढेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिवशिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको…

Read More

काठमाडौँ: गृह मन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका बस्नेतलाई काठमाडौँको सीडीओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई यो जिम्मेवारी दिएको हो । आठ वर्ष सहसचिव भएका बस्नेत विगतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, गोरखा, चितवन, पर्सामा सीडीओका रूपमा काम गरिसकेका छन् । यस्तै, उनले पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रदेश कार्यालमा समेत काम गरिसकेका छन् ।

Read More

बाजुरा: घरबाट भागेका बाजुराका दुई किशोरलाई प्रहरीले फेला पारेको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-२ पिपल गाउँका १३ वर्षीय सुमिर सुनार र १४ वर्षीय भगत कुमाललाई प्रहरीले सकुशल फेला पारेको हो । उनीहरुलाई घरबाट भागेर भारत जाने क्रममा जिल्ला प्रहरी कार्यलय अछाम मातहतको प्रहरी चौकी मंगलसेनको गस्ति टोलीले भेट्टाएको हो । दुबै जनालाई उनीहरुका आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यही असार ९ गते घरबाट भागेका उनीहरु हिजो १९ गते मंगलवार भेटिएका हुन् ।

Read More

झापा: गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए । घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् । घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिए । रासस

Read More