Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा हालसम्म ९० प्रतिशत धान रोपाइँ भएको छ। असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि रोपाइँ भइरहेको छ। उनले भने, ‘वर्षमा तीन खेती गर्ने बेँसीतिर रोपाइँ गर्न बाँकी रहेको र केही अन्य स्थानमा पछि बाँकी रहेको छ। यो महिनाको अन्तिमसम्म सबै सकन्छि।’ जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ। वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान वीरसिंह विष्टले बताए। उनले भने, ‘सबै…

Read More

डोटी: डोटीमा घर भत्किएर च्यापिँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका- ५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमान्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती डिपाट गाउँमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा जलेर नष्ट भएका छन् । दुर्घटनामा परी दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार गएराति पौने दुई बजे हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। दुर्घटनामा ट्रकका चालकहरु चितवन राप्ती नगरपालिका ३ का अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी…

Read More

बझाङ: जिल्ला हुलाक कार्यालय बझाङका तत्कालीन कार्यालय प्रमुख र नायव सुब्बालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। बिहीबार यस मुद्दाका दुवै प्रतिवादीउपर कसुर कायम गर्दै सजाय निर्धारणका लागि पेसी तोकिएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला तथा खुसीप्रसाद थारूको इजलासले मुद्दा दर्ता भएको तीन वर्षपछि कसुर कायम हुने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ फागुन ०७६ मा हुलाक कार्यालय बझाङका प्रमुख रनबहादुर कडायत र नासु शिवराज उपाध्यायलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो।  दुवै पक्षका कानुन व्यवसायीलाई सजाय निर्धारणपूर्वको प्रतिवेदन २७ असारभित्र पेस गर्न भनिएको छ भने २८ असारमा सजाय निर्धारण हुनेछ। …

Read More

काठमाडौं: शिवशिखर सहकारीका थप तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीका लेखा समिति सदस्य रमेश खैंजु, शिवप्रसाद पौडेल र कर्मचारी रशना शाक्यलाई पक्राउ गरेको हो।  उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान बढाइएको सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए। यसअघि सहकारी ठगिका नाइके केदारनाथ शर्मालाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो। सहकारीले बचतकर्ताको करिब १४ अर्ब हिनामिना गरेको अभियोग छ। शर्माकी श्रीमति गीता सहित केही सञ्चालक पूर्वपक्षका लागि कारागारमा छन्। अन्य भने फरार रहेका थिए। शिव शिखर सहकारीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटी लगायत देशभरका एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगेको छ।

Read More

काठमाडौं: चर्चित डान्सर ३० वर्षे सुशान्त खत्री शुक्रबार राति रुँदै फेसबुक लाइभमा आएका छन्। उनले  आफू आत्महत्या गर्ने निर्णयमा पुगेकोसमेत लाइभमा बताए। अन्तिम लाइभ भन्दै उनले महिनौंयता आफू एन्जाइटी, डिप्रेसन झेलिरहेको बताएका छन्। उनले मन पर्ने एक कलाकारले आत्महत्या गरेको भन्दै आफू पनि सोही निर्णयमा पुगेको सुशान्तले बताएका छन्। अहिले उनी भारतमा छन्। ६ महिनादेखि आफूलाई असाध्यै गाह्रो भएको उनले बताएका छन्। ‘धेरै चाँडो तपाईंहरूले मलाई पनि गुमाउनु हुने छ । आफ्नै देशमा आएर मर्ने छु’, लाइभमा उनले रुँदै भने। डिप्रेसन निको पार्न भारत पुगे पनि कुनै सुधार नभएको उनले बताए। ‘सबैलाई लाग्दो हो, यो सेलिब्रेटी हो, लाइफ बिन्दास छ, क्लबतिर जान्छ, हल्लिन्छ। तर मनको…

Read More

धनगढीः कैलालीमा भन्सारछलीका ब्रोइलर कुखुरासहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप महानगरपालिका–१७ धुर्जन्नामा भारतबाट भन्सार छली ८० हजार मुल्य बराबरको २५० किलोग्राम ब्रोइलर कुखुरासहित सोहि ठाउँका २५ वर्षीय दिपक बोहरा हिजो पक्राउ परेका हुन्। बरामद गरेका ब्रोइलर कुखुरालाई नष्ट गरि बोहरालाई आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

Read More

काठमाडौँ : मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही…

Read More

जनकपुरधाम : सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । अर्जुनले आज दिउँसो घरायसी झग्डाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घाँटीमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More