Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँकी ६० वर्षीया चित्रादेवी अवस्थीमाथि कुटपिट भएको घटनामा मुद्दा दर्ता भएको छ । हिजो ‘धनगढीमा सशस्त्रले कुटे वृद्ध महिला, मुद्दा दर्तै गर्दैन कैलाली प्रहरी’ शीर्षकमा महेन्द्रनगरपोष्टले समाचार प्रकाशन गरेको थियो । उक्त समाचारपछि कैलाली प्रहरीले हिजो नै मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले दुबै पक्षले जाहेरी दिएकाले दुबै पक्षकै मुद्दा दर्ता गरिएको बताए । अभद्र व्यवहारमा दुबै पक्षको मुद्दा दर्ता भई अनुसन्धान थालिएको उनले बताए । जग्गा सम्बन्धी विवादमा चित्रामाथि कुटपिट भएको थियो । उनका छोरा देवराज अवस्थीले आफ्नी आमामाथि कुटपिट गर्ने छिमेकी रमेश अवस्थी सशस्त्र प्रहरीका जवान पनि…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा पार्ने को हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्ने बताए । “निगमको ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? देशले खोज्नु पर्‍यो ? यो त अख्तियारले खोज्नुपर्‍यो । कतिपय मुद्दाहरू अख्तियारमा छ । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा ‘दूधको दूध, पानीको पानी’ देखाएर छाड्ला, छुट्टाएर छाड्ला,” उनले भने, “किनभने, यो बुद्धको देश हो । यहाँ न्याय मर्दैन ।” उनले धमिजा र लाउडा काण्डजस्ता ठुलै काण्ड गरेर निगमलाई ४८ अर्ब…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । सेवा ग्राहीसँग घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोमा शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस-रिसवत लिएको अख्तियारको ठहर छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाले आपसी मिलेमतो तथा योजनामा व्यापार चिन्ह (ट्रेडमार्) दर्ता गरी ट्रेडमार्क दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस-रिसवत बापतको बाह्र हजार रुपैयाँ माग गरी लिएको पुष्टि…

Read More

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना मृत अवस्थामा फेला परेकी छन् । उनी आज बिहान आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Read More

बैतडी: बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका स्थानीय तहको सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई मुख्य प्राथमिकतामा राखेका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आवका लागि रु ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासनलगायतका क्षेत्रलाई प्राथमिकता राख्दै आगामी आवको बजेट नगरसभामा पेश गरेका हुन् । नगरपालिकाले पुँजीगततर्फ रु ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ रु १३ करोड ४० लाख २८…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाको नगरसभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०–८१ का लागि कूल रु एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको छ । आइतवार नगरसभाको दशौँ अधिवेशनमा उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आर्थिक वर्षका लागि राजस्व र खर्चको विवरण प्रस्तुत गर्दै कूल खर्चमध्ये चालुतर्फ रु एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पूँजीगततर्फ रु ७५ करोड ६३ लाख २७ हजार एक सय ५५ को अनुमान गरिएको बताए । कूल बजेटमध्ये सबैभन्दा बढी सामाजिक विकासतर्फ रु ८५ करोड ३६ लाख पाँच हजार दुई सय २२ (कूल बजेटको…

Read More

दार्चुला: दार्चुलाको लेकम गाउँपालिकाले पालिकाभित्र मदिरा बेचबिखनमा प्रतिबन्ध लगाएको भएपनि कार्यान्वयन गर्नमा चुकेको छ । पालिकाले २०७४ सालदेखि नै पालिका ६ वटै वडाभित्र मदिरा बेचबिखनमा प्रतिबन्ध लगाएको थियो । तर, पालिकाले कार्यान्वयन भने अझै गर्न सकेको छैन । लेकम गाउँपालिकाको केन्द्र रातामाटा नजिकै मदिरा बेचबिखन भइरहेको स्थानीयले बताएका छन् । पालिकाको केन्द्रभन्दा करिब १ सय मिटर र हुनैनाथ मावि रातामाटाको करिब ५० मिटर आसपासमा धमाधम मदिरा बेचबिखन भइरहेको भएपनि पालिका कानमा तेल हालेर निदाएको स्थानीयको आरोप छ । पालिकाको केन्द्र नजिकै यसरी मदिरा बेचबिखन हुदाँ समेत पालिकाले कुनै चाँसो नदिँदा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा मदिरा बेचबिखन हुने गरेको आशंका स्थानीयलाई…

Read More

काठमाडौँ: नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरमा वर्षेनी हुँदै आएको डुबानप्रति सरकारले चासो नदेखाएको गुनासो गरेका छन् । सोमवार बसेको प्रतिनिधिसभा बैकको शून्य समयमा बोल्दै सांसद लामाले जिल्लाको बेलौरी, लालझाडी र पुनर्वासका केही वडा पूरै डुबानमा पर्ने गरेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले ०६५ सालमा दोदा नदीमा आएको बाढीबाट ठुलो धनजनको क्षति भएको स्मरण गराउँदै उक्त बाढीबाट विस्थापित भई जंगलको किनारमा बसेका राना पहाडी बस्तीलाई अहिलेसम्म व्यवस्थित गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘कञ्चनपुरमा २०६५ सालमा दोदा नदिमा ठुलो बाढी यो, ठुलो धनजनको क्षति भयो । तत्कालिन राष्ट्रपति रामवरण यादव ज्युले निरिक्षण पनि गर्नुभयो ।…

Read More

धनगढी: धनगढी उप–महानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक मासु पसलेलाई पक्राउ गरेको छ। दुर्गेश्चरी मासु पसलका सञ्चालक ३५ वर्षीय शेरबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। शंका लागेर चेकजाँच गर्दा पसलमा लुकाई छिपाई राखेको शुद्ध तौलको १ ग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ। भण्डारीको पसलमा आएका एक जना लागूऔषध प्रयोगकर्ता पनि पक्राउ परेका छन्। २७ वर्षीय राकेश भट्टलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

बाजुरा: बाजुरामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको खप्तड छेडेदह गाउँपालिका ४ की संगीता बोगटीको मृत्यु भएको हो । हिजो साँझ खप्तड छेडेदह ३ र ४ को सीमानामा रहेको बार्जुगाड खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनी खोला तर्ने क्रममा बगेकी र झण्डै ३० मीटर तल मृत फेला परेकी प्रहरीले बताएको छ ।

Read More