Author: महेन्द्रनगर पोष्ट

काठमाडौं :सेनाभित्रको अनियमिततामा मुछिएका पूर्वउपरथी प्रेम शाहीलाई सघाएको आरोपमा तीन जना कर्णेलमाथि थालिएको कारबाही प्रकरण सैनिक अदालतमा प्रवेश गरेको छ । यो मुद्दामा बिहीवारका लागि सुनुवाइको पेशीसमेत तोकिएको छ । भने १६ जिल्लामा सचेतना कार्यक्रम चलाउन धपाइएका यसै प्रकरणका आरोपी प्राड विवाक (लिगल) सम्बद्ध प्रमुख सेनानी कुलदिप तिमल्सिनालाई एनए ०६२ कासा जहाजमा आइतबार सुर्खेतबाट बिहान १०ः४० बजे काठमाडौं ल्याइएको छ । कर्णेलविरुद्धको तोकिएको शुरु सजायँ कम्ति भयो भन्दै जंगी अड्डा नै पुनरावेदन निवेदन लिएर सैनिक अदालत पुगेको थियो । सैनिक ऐन, ०६३ विपरित अनुशासन उल्लंघन गरेको आरोपमा महासेनानी डा.महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई कोर्टमार्शलले विभागीय कारबाही गरेको थियो…

Read More

काठमाडौँ : वीर अस्पतालमा आज (शुक्रबार) देखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि ७ सय साधारण शय्या निःशुल्क गर्ने निर्णय गरेको हो । अस्पतालका अनुसार ७ सय साधारण शय्या निःशुल्क गरिएको छ। मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्ने गरी सर्वसाधारणका लागि निःशुल्क गरिएको छ । यसअघि शय्यामा प्रतिदिन २ सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो। अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी ९६० शय्या रहेका छन्।

Read More

धनगढी : राष्ट्रिय युवा संघ नेपाल कैलालीले जिल्लाका १२६ वटै वडामा संगठन विस्तार गर्ने निर्णय गरेको छ । शुक्रबार राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा धनगढीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको बैठकले सो निर्णय गरेको हो । बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, केन्द्रीय सचीव बिनय शाह, सुदूरपश्चिम प्रदेश संयोजक भरत मल्लले निर्देशनात्मक मन्तव्य राखेका राखेका थिए । जिल्लामा युवा संघलाई बलियो बनाउन एकताबद्ध भएर संगठन सुदृढिकरण गरेर अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

Read More

बैतडी : नेपाल शिक्षक संघ बैतडीका पूर्वअध्यक्ष कृष्णदत्त पन्तको निधन भएको छ। बिहीबार निधन भएका पन्तको शुक्रबार अन्त्येष्टी गरिएको हो । लामो समय बैतडीमा शिक्षण पेशामा बिताएका पन्त पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा बस्दै आएका थिए। बैतडीको मेलौली नगरपालिका–५ पुख्र्यौली घर भएका पन्तले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको स्थानीयहरू बताउँछन्। ४० वर्षसम्म शिक्षण पेशामा आवद्ध रहेका पन्त नेपाल शिक्षक संघको केन्द्रीय सदस्यसमेत बनेका थिए। दुर्गा मावि खलीगाडमा प्रधानाध्यापक जिम्मेवारी सम्हालेका बेला उनी सेवा निवृत भएका थिए। शिक्षण पेशाबाट सेवा निवृत भएपछि पन्त सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका थिए। पन्तको निधनले नेपाली कांग्रेसले एक बौद्धिक र क्रियाशील व्यक्तित्व…

Read More

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको छ । शुक्रबार धनगढीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटिलाई निर्देशन दिने निर्णय समेत भएको प्रदेश सचिव पाठकले बताए । बैठकमा प्रस्तुत भएको वार्षिक वर्षिक कार्य योजनाअनुसार सदस्यता नवीकरणलाई अन्तिम रुप दिने तथा प्रचारप्रसारको कामलाई तीव्रता दिदै पार्टीको वैचारिक स्कुल चलाउने निर्णय समेत गरिएको छ । बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने…

Read More

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन् । “ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने आजको पत्रिकामा पढ्नुभयो होला । केपी ओलीले काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेको छ । सुन्नुभएको छ हैन ?,” उनले भने । उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर काँग्रेसलाई…

Read More

धनगढी – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को बर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको बर्ष खेलाडीतर्फको पुरुष र महिला विधा सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै संजीवनी अस्पताल बर्ष खेलाडी पुरुष र हिमालयन गौरीशंकर डेन्टल क्लिनिक बर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो । संजीवनी अस्पताल बर्षको उत्कृष्ट खेलाडी पुरुष तर्फ एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा परेका छन् । पार्कीले ९ औं राष्ट्रिय खेलकुदमा एक सय मिटरमा २३ बर्ष पुरानो किर्तिमान भंग गर्दै…

Read More

सुनसरी : तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी दिए ।  धनकुटाको साँगुरीगढी गाउँपालिका र शाहिदभूमि गाउँपालिकाको सिमानामा रहेको सफाया भन्ने स्थानको पुलको सर्भे गर्ने क्रममा उनलाई बगाएको दंगालले जानकारी दिए । पाँचजना विद्यार्थी सर्भेमा खटिएका बेला उनलाई बगाएको र खोजीकार्य भइरहेको उनले बताए । ‘विद्यार्थी बगाएको खबर आएपछि गाउँले र सँगै रहेका विद्यार्थीले खोजीकार्य गरिरहेका छन्,’ उनले भने, ‘हामीलाई विद्यार्थी बगाएको खबर आएपछि उद्धारका लागि पहल गरिरहेका छौँ ।’ विद्यार्थी खत्रीको उद्धारका लागि सम्बन्धित् पक्षले सक्रियता देखाइदिन उनले…

Read More

दाङ : दाङमा शिक्षा अधिकृतमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वली पक्राउ परेको बताइएको छ । पालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर वलीले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष वलीले हिजो दिउँसो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा विवाद हुँदा शिक्षा अधिकृत पाण्डेमाथि कुटपिट गरेका थिए । पाण्डेले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि वडाध्यक्ष वलीलाई पक्राउ गरिएको एसपी वलीले बताए ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरेका छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । नेपाली सेनालाई उद्योग व्यापारमा लगाउन नहुने भन्दै उनले सीमा मिचिने क्रम नरोकिएकाले सुरक्षाका लागि अब नेपाली सेनालाई जिम्मा दिनुपर्ने बताए । ‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ । भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही…

Read More