धनगढी : राष्ट्रिय युवा संघ नेपाल कैलालीले जिल्लाका १२६ वटै वडामा संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
शुक्रबार राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा धनगढीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, केन्द्रीय सचीव बिनय शाह, सुदूरपश्चिम प्रदेश संयोजक भरत मल्लले निर्देशनात्मक मन्तव्य राखेका राखेका थिए ।
जिल्लामा युवा संघलाई बलियो बनाउन एकताबद्ध भएर संगठन सुदृढिकरण गरेर अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
Facebook Comments Box