काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएई विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन् । नेपालले पीएनजीलाई हराउने टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरी देखिएका छन् ।
Author: महेन्द्रनगर पोष्ट
मकवानपुर – मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको प्रहरीजनाएको छ । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ उद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । उनले तत्काल क्षतिको एकीन गर्न समस्या भएको र बसमा कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी भइनसकेको बताए । घाइते ९ जनाको…
काठमाडौं – नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे चैत १५ भित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन् । महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरू दल विभाजन पश्चात् पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । काँग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आकलन गरी केन्द्रमा पठाउन भनिएको छ । वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहौल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ । सात पृष्ठको सर्कुलरमा स्थानीय तहको निर्वाचनलाई…
काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट खस्दा मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटना पश्चात मोटरसाइकल सहित चालक फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ ।
दमौली – तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो । महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताए। ुमहिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छु, उनले भने । त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिए । तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ती महिलालाई पनि महिला…
रुस – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन् ।बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन् ।दुई राष्ट्रपतिबीच भएको संवादबारे मैले एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग कुराकानी गरेको छु। पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए। रुसका मागहरूउनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्।कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन। तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने…
मनाङ-हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ। सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो। हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मस्र्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौँले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो।म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन । यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ । डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामा बताउछन्। गत असार पहिलो…
दार्चुला-सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समिति अध्यक्षमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दीपक जोशीलाई नियुक्त गरिएको छ। बिहीवार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले जोशीलाई जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ। यसअघि जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समितिको अध्यक्षमा माओवादी नेता दलजीत सिह धामी रहेका थिए। मन्त्रीपरिषद् बैठकले प्रदेशका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियुक्त गरेको छ।
दार्चुला – सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समिति अध्यक्षमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दीपक जोशीलाई नियुक्त गरिएको छ । बिहीवार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले जोशीलाई जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ । यसअघि जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समितिको अध्यक्षमा माओवादी नेता दलजीत सिह धामी रहेका थिए। मन्त्रीपरिषद् बैठकले प्रदेशका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियुक्त गरेको छ ।
काठमाडौं – स्थानीय तह निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गरिने भएको छ । निर्वाचन आयोगले यसका लागि राष्ट्रिय बिमा संस्थानसँग सम्झौता गरेको छ । निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यस्तै, आयोगले निर्वाचनका लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीहरू छपाइका लागि ६ वटा प्याकेजमा ई–बिडिङमार्फत खरिदको लागि बोलपत्र आह्वानसमेत गरेको उनले जानकारी दिए ।