काठमाडौं – स्थानीय तह निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गरिने भएको छ ।
निर्वाचन आयोगले यसका लागि राष्ट्रिय बिमा संस्थानसँग सम्झौता गरेको छ । निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यस्तै, आयोगले निर्वाचनका लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीहरू छपाइका लागि ६ वटा प्याकेजमा ई–बिडिङमार्फत खरिदको लागि बोलपत्र आह्वानसमेत गरेको उनले जानकारी दिए ।
Facebook Comments Box