Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो । जसमा सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी छन् । आज सार्वजनिक हुनेमा काठमाडौँ महानगरपालिका-६ का ६९ वर्षीय मीनबहादुर गुरुङ, काठमाडौँ महानगरपालिका-७ रातोपुलका ८० वर्षीय धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका-३ का ६० वर्षीय…

Read More

धनगढी: आफ्नै घरमा मृत अवस्थामा फेला परेकी कैलालीको गोदावरी नगरपालिका–४ वसन्तपुरकी १८ वर्षीया अश्मी बोहरा (निलम)को न्यायका लागि स्थानीयले प्रदर्शन गरेका छन् । अश्मीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले अत्तरियामा प्रदर्शन गरेका हुन् । अश्मीमाथि जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर आत्महत्या गरेको परिवारको दाबी छ । नेपालगञ्जको अलाइट टेक्निकल कलेजमा अध्ययनरत अश्मीमाथि सोही कलेज पढ्ने लक्ष्मीको घर गएका बेला बलात्कार भएको दाबी उनको परिवारको छ । लक्ष्मी फरार रहेकी र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अश्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका–३ का…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थीको फाइल खोलेर सरकारले कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले यसले कानून सबैलाई समान हुन्छ भन्ने प्रमाणित भएको पनि बताए। ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको छ । लोकतन्त्रमा उब्जिएको समस्याको समाधान लोकतन्त्रबाटै हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च पदस्थहरु कानुनमाथि छन् भन्ने बुझाई गलत सावित भएको छ ।ु उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणका आरोपितहरू पक्राउ पर्न थालेको पनि बताए । भ्रष्टाचारका घटनाको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको र यसले कानुनको सर्वोच्चता मात्र नभएर…

Read More

काठमाडौं: बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ। बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पत्रकार सम्मेलन गरी नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अवस्थाको कानुनका आधारमा मुद्दा दायर हुने बताएको हो। पुरानो कानूनअनुसार मुद्दा चलाउँदा हदम्याद नलाग्ने प्रावधान रहेको प्रहरीको भनाइ छ। सीआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित किर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने बताइन्। उनले यो प्रकरण नयाँ मुलुकी ऐन आउनुभन्दा अघिको भएकाले अहिलेको कानुन आकर्षित नहुने बताउँदै मुद्दा दर्ता नहुने भन्ने…

Read More

काठमाडौँ: मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा आज भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । योसँगै प्रतियोगितामा दोस्रो हार बेहोरेको थाइल्यान्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थाइनयान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । आजको खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्यान्ड १३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । थाइल्यान्डका लागि ईसान बेर्नोजीले १६ रन बनाए भने ओपनर…

Read More

धनगढी: धनगढीमा लागुऔषध र अवैध सामानसहित ५ जना पक्राउ परेका छन् । मंगलवार राति धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी–४ का ३५ वर्षीय अभिषेक अवस्थी १२ ट्याबलेट स्पास (लागुऔषधसहित) पक्राउ परेका प्रहरीले बताएको छ। त्यस्तै, धनगढीबाटै भन्सार छलीका अवैध सामानसहित चार जना पक्राउ परेका छन् । धनगढी–१० शिव मन्दिरबाट भन्सार छलीका करिब ५४ हजार मूल्य बराबरका हार्डवेयरका सामान प्रहरीले बरामद गरेको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ३० वर्षीय हेमराज अवस्थीसहित चार जना र दुई मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलीका सामान र मोटरसाइकलसहित चारै जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाएको छ ।

Read More

अछामः अछामको एक जंगलमा भरुवा बन्दुक भेटिएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा एकनाले भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ । आज बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले सो जंगलमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा मोटरको प्लगको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनकोसेती प्रादेशिक अस्पताल धनगढीमा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

बैतडी: बैतडीको पाटन नगरपालिका-९ मा रहेको सिद्धेश्वर माविको ३ कोठे भवन पहिरोको जोखिममा परेको छ । हिजोअस्तिको लगातारको वर्षाका कारण भवनको आँगन भाँसिएर भवन जोखिममा परेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले बताए । भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

Read More

काठमाडौँ: आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More