दाङ: दाङमा सर्पको डसाइबाट एक बालकको ज्यान गएको छ । आज बिहान शान्तिनगर गाउँपालिका–७ मा सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भई मामाघर आएका १६ वर्षीय मनोज वलीको सर्पले डस्दा ज्यान गएको हो ।
उनलाई सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको थियो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
Facebook Comments Box