Author: महेन्द्रनगर पोष्ट

धनगढीः बझाङको केदारस्युँ गाँउपालिकाले कृषिजन्य सामग्री ढुवानी सहज बनाउने उद्येश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। किसानले उत्पादन गरेको कृषिजन्य वस्तु, फलफुल तरकारी र  रैथानेबालीहरुको आपूर्ति तथा बिक्रीवितरणको लागि गाँउपालिकाले ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएकोे हो। किसान, सहकारी संस्था तथा व्यवसायीलाई सहुलियत दरमा तरकारी, फलफूल, तथा रैथानेबाली तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउनका पालिका भित्र निशुल्क गाडी परिचालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष मनिषा धामीले बताइन्। उनका अनुसार किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रूपमा बिक्री तथा ढुवानीका लागि वातावरण मिलाउने तथा पालिका भित्रका विभिन्न वडाका गर्भवती र आकस्मिक हुने दुर्घटनाका लागि समेत निःशुल्क सेवा दिनका लागि यस्तो निर्णय गरिएको हो।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर  आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा रेशमलाल चौधरीको पार्टी सहभागी हुने भएको छ।टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएका चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारका सहभागी हुने भएको हो। आज (बिहीबार) मात्रै सो विषयमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र रेशमलाल चौधरीसहितको बीचमा भेटवार्ता एवं छलफल भएको छ। यसअघि हिजो नै रेशमले आफूहरुले सरकारमा जाने निर्णय गरेको बताएका थिए। सोही अनुरुप मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले रेशमसँग वार्ता गरेका हुन्। उनीहरुले बर्दियाको ठाकुरद्वारामा संवाद गरेको बताइएको छ।उक्त वार्तामा नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सांसद गङ्गा चौधरी…

Read More

रुपन्देही : छिमेकी देश भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चर्चित गीता तिवारीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । चोरी, लुट, हत्या आरोप लगायतको घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले बिभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मूख्य आरोपी हुन । भारत गोरखपुर बस्ने ४३ बर्षिय गीता तिवारीले बैशाख ९ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने हेमन्त कुमार हलवाईको घरबाट सुनका गरगहना सहित ५० लाख बराबरको चोरी गरेको…

Read More

धनगढी : नेकपा (एमाले) का संसदीय दलका नेता तथा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले हालै सार्बजनिक गरेको आव ०८०/०८१ को बजेटप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीलाई भेटेर रावलले असमान र खुद्रे योजना ल्याइएको र वितरणमुखि ढंगले बजेट बिनियोजन भएको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘गतिलो र दूरदर्शी महत्वका योजनाहरुलाई किनारा लगाएर निश्चित ब्यक्ति र संस्थाहरुलाई पोस्ने खालको बजेट ल्याइएको बताउदै उनले भने ‘कुनै जिल्लामा बजेट खन्याइएको छ, कुनैलाई सम्बोधन नै गरेको छैन,’ उनले भने, ‘समग्र बजेटको पुनः बिश्लेषण गरी एमालेले आफ्ना धारणा सार्बजनिक रुपमै राख्नेछ।’ योजना तर्जुमाका आधारमा बजेट बिनियोजन नभएको रावलको भनाई छ।…

Read More

बारा : बाराको कोल्हवी नगरपालिका ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरबाट प्रहरीले लागूऔषध गाँजा १ सय ६८ किलो फेला पारेको छ । अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उक्त परिणामको गाँजा फेला पारेको हो । चौधरीको घरमा कोही मानिसहरु नभएकोले स्थानीय जनप्रतिनिधी तथा स्थानीय मानिसहरूको रोहवरमा घर खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा १६८ किलो फेला परेको प्रहरीले जनाएको छ । उक्त गाँजा रितपूर्वक बरामद गरी ईलाका प्रहरी कार्यालय कोल्हबी बारामा राखिएको छ । घरधनी जितेन्द्र चौधरी लगायत…

Read More

काठमाडौँ : बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सरकार ‘पेपरलेस सिस्टम’ कार्यान्वयनमा अघि बढेको भन्दै इन्टरनेटबाट हुने कामकाजलाई सुरक्षित गर्न जरुरी रहेको बताए छ । हेटौँडामा नेपाल दूरसञ्चार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा प्रदेशसभा सदस्यका लागि इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित प्रयोग विषयक तालिममा सभामुख पाठकले कुनै पनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टर ह्याक गर्न सक्नेमा सचेत गराए । उनले सरकारले साइबर सुरक्षासम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ । पछिल्लो समय साइबर अपराधका घटनामा बढिरहेको भन्दै उनले साइबार अपराध न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए । क्यान महासङ्घ नेपालका महासचिव एवम् साइबर…

Read More

धनगढीः धनगढीको तारानगरमा आज (बिहीबार) बिहान एक युवक मृत फेला परे। धनगढी उपमहानगरपालिका–५ को तारानगर बस्ने २८ वर्षीय तोयनाथ ओझा मृत भेटिएका थिए। उनी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए। प्रहरी स्रोतका अनुसार ओझाले प्राण त्याग्नुअघि सानो नोट लेखेको खुलेको छ। जसमा उनले ‘सरी’ भनेर लेखेका छन्। परिवारलाई उनले अन्तिम सन्देशका रुपमा माफी मागेको काग्ज फेला परेको प्रहरी स्रोतको दाबी छ।

Read More

काठमाडौँ : असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउदले त्यहाँ राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभसँग भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ। अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्। मन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठक सम्बोधन गरेका थिए। भ्रमणको समयमा मन्त्री साउदले विभिन्न मुलुकका प्रतिनिधि तथा…

Read More

धनगढीः कञ्चनपुरमा प्रहरीले ढाई लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको भिमदत्त नगरपालिका–१० सुकाशालबाठ बेवारिसे अवस्थामा मिस्री, गाडीको फिल्टर, त्रिपाल, रसगुल्ला झोल, गाडीको हेडलाईट, गाडीका पंखा, बिस्कुट, पलाष्टिक झिल्ली, मटर दाल, पानी पुरी गरी ९६ हजार सात सय बराबरका समान बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै कृष्णपुर नगरपालिका–५ गुलरीयाको वनदेवी सामुदायिक वनबाट अन्दाजि एक लाख १० हजार मुल्य बराबरका बैखा जातका माछासहित से ४ प ४६९ नम्बरको मोटरसाईकल बरामद गरेको हो। ईलाका प्रहरी कार्यलय गुलरियाले बरामद गरेका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डा चौकी पठाएको जनाएको छ।

Read More