धनगढीः धनगढीको तारानगरमा आज (बिहीबार) बिहान एक युवक मृत फेला परे। धनगढी उपमहानगरपालिका–५ को तारानगर बस्ने २८ वर्षीय तोयनाथ ओझा मृत भेटिएका थिए।
उनी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार ओझाले प्राण त्याग्नुअघि सानो नोट लेखेको खुलेको छ। जसमा उनले ‘सरी’ भनेर लेखेका छन्। परिवारलाई उनले अन्तिम सन्देशका रुपमा माफी मागेको काग्ज फेला परेको प्रहरी स्रोतको दाबी छ।
Facebook Comments Box