Author: महेन्द्रनगर पोष्ट

नयाँ दिल्ली – भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार एउटा कार गहिरो खोल्सामा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उत्तराखण्डको राजधानी देहरादुनबाट करिब ४४१ किलोमिटर पूर्वमा रहेको पिथौरागढ जिल्लाको मुनसियारी सहरमा सो दुर्घटना भएको हो । “आज चालकसहित १० जना चढेको एउटा कार पहाडी सडकबाट चिप्लिएर मुनसियारी क्षेत्रमा ६०० फिट गहिरो खाल्डोमा खसेको छ,” पिथौरागढस्थित विपद् व्यवस्थापन कार्यालयका एक अधिकारीले भने। गाडीभित्र रहेका नौ जना पुरुष र एक महिला गरी सबै जनाको मृत्यु भएको उनले बताए।  खाल्डोबाट सबै शव निकालिएको र उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाउने औपचारिकता पूरा भइरहेको ती अधिकारीले बताए।  अधिकारीहरुका अनुसार छिमेकी वागेश्वर जिल्लाका बासिन्दाका रूपमा…

Read More

दार्चुला: महाकाली राजमार्गको दार्चुला-गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ। गएरातिको वर्षाका कारण ढुंगामाटो खसेपछि सडक अवरुद्ध बनेको हो। सडक अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका यातायात अवरूद्ध भएका छन्।  दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको गाडी बिहानैबाट असिगडामा रोकिएको र स्थानीय रूटमा चल्ने गाडी पनि गन्तव्यमा जान नसकिरहेको बताइएको छ।

Read More

झापा: झापाको गौरादहमा बेहुली लिन आएका बेहुलालाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको छ। जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने ती बेहुलालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा इटहरी- १९ सुनसरीका साजन चौधरी रहेका छन्। बिहीबार उनलाई विवाह मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। गौरादह-२ झापाकी एक युवतीसँग विवाह गरि अन्माउने बेलामा प्रहरी पुगेको थियो। जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Read More

अछामः अछाममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको तुर्माखाद गाउँपालिका– ३ लोडे स्थित कर्णाली नदिको किनारमा आन्दाजी २६ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको छ। थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय अछामबाट प्रहरी टोली खटिइएको छ। 

Read More

कैलाली: कैलालीमा एक युवकको लास फेला परेको छ। जिल्लाको कैलाली गाउँपालिकास्थित हसुलियामा ३० वर्षीय लक्ष्मीप्रसाद चौधरी मृत फेला परेका हुन्। शुक्रबार उनको शव आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना अनुसन्धान गर्न आफू त्यसतर्फ गइरहेको कैलाली प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

Read More

धनगढी: कैलालीको धनगढीस्थित नालीमा एक जनाको शव भेटिएको छ। धनगढी उपमहानगरपालिका–१४ एच गाउँ घाटस्थित नालीमा सोही ठाउँका ३९ वर्षीय मानबहादुर चौधरीको शव हिजो दिउँसो भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार उनको शरीरका केही भागमा चोटपटक लागेको भेटिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मृतकले केहि दिनदेखि मादक पदार्थ सेवन गर्दै आएका र शव फेला पर्नुअघि पनि उनी मापसे गरेको अवस्थामा स्थानीयले देखेको साउदले बताए। घटनाको अनुसन्धानका लागि चौधरीको शव सेती प्रादेशिक अस्पतालमा लगिएको छ। त्यहाँ पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।  आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। राति सातै प्रदेशको एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षासँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Read More

काठमाडौँ: गोरखामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो। घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।  शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो। बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हाे ।…

Read More

धनगढी : धनगढीमा नालीमा एक पुरुषको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१४ एच गाउँ घाटस्थित नालीमा सोही ठाउँका ३९ वर्षीय मानबहादुर चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदकाअनुसार बिहीबार चौधरीको शव नालीमा भेटिएको हो । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बहुलियाको टोली खटिएको छ भने थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी टोली त्यहाँ पुगेको छ । चौधरीको हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ ।

Read More

काठमाडौँ : ब्याटिङ नचल्दा आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि होप र पुरनले शतक बनाएपछि निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो । वेस्ट इन्डिजले प्रस्तुत गरेको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ६३ रन जोडे । आरिफले ९३ बलमा चार चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले ४२ रन थपे । यी दुईले सातौँ विकेटका…

Read More