बझाङ: जिल्ला हुलाक कार्यालय बझाङका तत्कालीन कार्यालय प्रमुख र नायव सुब्बालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। बिहीबार यस मुद्दाका दुवै प्रतिवादीउपर कसुर कायम गर्दै सजाय निर्धारणका लागि पेसी तोकिएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला तथा खुसीप्रसाद थारूको इजलासले मुद्दा दर्ता भएको तीन वर्षपछि कसुर कायम हुने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ फागुन ०७६ मा हुलाक कार्यालय बझाङका प्रमुख रनबहादुर कडायत र नासु शिवराज उपाध्यायलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। दुवै पक्षका कानुन व्यवसायीलाई सजाय निर्धारणपूर्वको प्रतिवेदन २७ असारभित्र पेस गर्न भनिएको छ भने २८ असारमा सजाय निर्धारण हुनेछ। …
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: शिवशिखर सहकारीका थप तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीका लेखा समिति सदस्य रमेश खैंजु, शिवप्रसाद पौडेल र कर्मचारी रशना शाक्यलाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान बढाइएको सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए। यसअघि सहकारी ठगिका नाइके केदारनाथ शर्मालाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो। सहकारीले बचतकर्ताको करिब १४ अर्ब हिनामिना गरेको अभियोग छ। शर्माकी श्रीमति गीता सहित केही सञ्चालक पूर्वपक्षका लागि कारागारमा छन्। अन्य भने फरार रहेका थिए। शिव शिखर सहकारीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटी लगायत देशभरका एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगेको छ।
काठमाडौं: चर्चित डान्सर ३० वर्षे सुशान्त खत्री शुक्रबार राति रुँदै फेसबुक लाइभमा आएका छन्। उनले आफू आत्महत्या गर्ने निर्णयमा पुगेकोसमेत लाइभमा बताए। अन्तिम लाइभ भन्दै उनले महिनौंयता आफू एन्जाइटी, डिप्रेसन झेलिरहेको बताएका छन्। उनले मन पर्ने एक कलाकारले आत्महत्या गरेको भन्दै आफू पनि सोही निर्णयमा पुगेको सुशान्तले बताएका छन्। अहिले उनी भारतमा छन्। ६ महिनादेखि आफूलाई असाध्यै गाह्रो भएको उनले बताएका छन्। ‘धेरै चाँडो तपाईंहरूले मलाई पनि गुमाउनु हुने छ । आफ्नै देशमा आएर मर्ने छु’, लाइभमा उनले रुँदै भने। डिप्रेसन निको पार्न भारत पुगे पनि कुनै सुधार नभएको उनले बताए। ‘सबैलाई लाग्दो हो, यो सेलिब्रेटी हो, लाइफ बिन्दास छ, क्लबतिर जान्छ, हल्लिन्छ। तर मनको…
धनगढीः कैलालीमा भन्सारछलीका ब्रोइलर कुखुरासहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप महानगरपालिका–१७ धुर्जन्नामा भारतबाट भन्सार छली ८० हजार मुल्य बराबरको २५० किलोग्राम ब्रोइलर कुखुरासहित सोहि ठाउँका २५ वर्षीय दिपक बोहरा हिजो पक्राउ परेका हुन्। बरामद गरेका ब्रोइलर कुखुरालाई नष्ट गरि बोहरालाई आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।
काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।
काठमाडौँ : मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही…
जनकपुरधाम : सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । अर्जुनले आज दिउँसो घरायसी झग्डाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घाँटीमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
अष्ट्रेलियामा एक भारतीय युवतीले विवाह गर्न नमान्दा उनको हत्या भएको घटना बाहिरिएको छ। विवाह गर्न नमानेको भन्दै २१ वर्षीया भारतीय नर्सिलाई एक युवकले हातखुट्टा बाँधेर अपहरण गरेर घाँटी रेटेर जमिनमा गाडेका थिए। आरोपित युवक पीडितका पूर्वप्रेमी भएको खुलेको छ। लामो समयदेखि उनले ती युवतीलाई दुर्व्यवहार गर्दै आएका थिए। बुधबार अस्ट्रेलियाको अदालतमा भएको सुनुवाइका क्रममा यी कुराहरू बाहिर आएका हुन्। अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाइएको छ। यस्तो छ घटनाको विस्तार : २१ वर्षीय जास्मिन कौर अष्ट्रेलियाको एडिलेड सहरमा बस्थिन्। अभियुक्त तारिकजोत सिंहले उनलाई ५ मार्च २०२१ मा काम गरिरहेको स्थानबाट जस्मिनलाई अपहरण गरेका थिए। त्यसपछि उनले उनको हात खुट्टा तारले बाँधेर…
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्याह्न स्थानीय एक महिलामाथि दुर्व्यवहार गरेका छन् । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन् भइरहेको सूचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठलाई राउतले दुर्व्यवहार गरेका हुन् । वडाध्यले महिलामाथि हातपात गरेको आरोप लागेको छ । स्थानीय छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न जाँदा हातपात र दुर्व्यवहार गरेको पीडित श्रेष्ठले बताइन् । वर्षाको समयमा खोलानालामा उत्खनन् गर्नु गैरकानुनी भएको बताउँदै उनले सामुदायिक वन क्षेत्रभित्रबाट गिट्टी निकाल्न मिल्दैन भन्दा हातपात भएको गुनासो गरिन् । चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रातउले भने आफूले महिलालाई कुटपिट र दुर्व्यवहार नगरेको दाबी गरेका…
काठमाडौँ : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो । उक्त योजना आगामी साउन १ गतेदेखि लागू गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्ययोजनाले समयानुकूल साङ्गठानिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनले आज उक्त कार्ययोजना सार्वजनिक गर्दै सेवा प्रवाहमा यसले सही ढङ्गले कार्यसम्पादन गर्न सहयोग पुग्ने बताए…