Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुरामा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिक ७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालबाट बिहीबार मृत्यु भएको हो। पिपलकोटकै सिद्धनाथमाविमा कक्षा ३ मा अध्ययनरत पुनमगरलाई बुधबारबाट झाडापखाला लागेको थियो। पानी परेर बाटोघाटो समस्याका कारण समयमा जोगबुडा अस्पताल समेत लग्न नसकिएको स्थानीय नरेन्द्र बोहराले बताए। बोहराका अनुसार मृतक प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगर पनि झाडापखाला लागेको थियो। उनी स्वास्थ्य केन्द्र मलासमा उपचार गरेर घर फर्किसकेकी छिन्। बर्खाका कारण पहिरोले सडक अवरोध भएकाले मलासको पुरै गाउँ सडक सञ्जालबाट अलग्गिएको छ। केही दिन अगाडि परशुराम नगरपालिका- ८ गुप्तीगडामा हैजाको कारण १ जना १३ वर्षीया बालिकाको मृत्यु भएको थियो…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। बिहिवार जिल्लाको जानकी गाउँपालिका–९ कटाँसको भित्रिसडक खण्डमा सोही ठाउँका २४ वर्षीय शंकर थापालाइ पक्राउ गरिएको हो। शंका लागि चेकजाँच गर्दा उनको साथबाट ३०० मिलिग्राम लागुऔषध फेला परेको थियो। यस्तै कैलालीको अत्तरिया बसपार्कबाट लागुऔषधसहित थप १ जना पक्राउ परेका छन्। बिहीवार साँझ लागुऔषधसहित धनगढी उप–महानगरपालिका–५ शिवनगरका २१ वर्षीय कुम्भ बम पक्राउ परेका हुन्। बसपार्कमा शंका लागि चेकजाँच गर्दा बमको साथबाट विभिन्न नामका ३ थरीका १४० ओटा ट्याबलेट फेला पारी इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

धनगढीः हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती,…

Read More

धनगढी : कैलालीको कटाँसेबाट प्रहरीले लागुऔषधसहित युवकलाई पक्राउ गरेको छ । जानकी गाउँपालिका–९ कटाँसेबाट सोही ठाउँ बस्ने २४ वर्षीय शंकर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट तीन सय मिलिग्राम लागुऔषध (खैरो हेरोईन) बरामद गरिएको छ । उनलाई नियन्त्रणमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढी: बझाङबाट काठमाडौंका लागि छुटेको बस कपिलवस्तुको चरोडामा दुर्घटना भएको छ। हिजो छुटेको बस आज बिहानै दुर्घटनामा परेको हो। प्रहरीका अनुसार ना ६ ख १३३९ नम्बरको बस दुर्घटना भएको हो। सो बस रोडभन्दा करिब ५ मिटर तल पल्टिएर खसेको बताइएको छ। दुर्घटनामा परि अन्दाजी सवार २५ जनामध्ये ४ जना गम्भीर घाइते भएका छन् भने अरु सामान्य घाइते भएका छन्। अहिले प्रहरीले घाइतेहरुको उद्वार गरि उपचारको लागि लगिरहेको जनाएको छ। उक्त बसमा भोलि १६ गते हुने सिभिल सब-असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जान लागेका थिए। घटनाको थप विवरण आउन सकेको छैन।

Read More

छेन्दु (चीन) : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गरेका छन् । पाँच दिने चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठले आज (बिहीबार) उक्त प्रजनन केन्द्रको अवलोकन गरेका हुन् । सो क्रममा केन्द्रका पदाधिकारीले उनलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराएका थिए । चीनले पाण्डालाई उचित महत्त्व दिँदै संरक्षणमा जोड दिँदै आएको छ । सो केन्द्रमा करिब दुई सयको संख्यामा पाण्डा रहेका छन् । पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन् । केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ । यस्तै गृहमन्त्री श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा आयोजित…

Read More

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धक (जिएम) बाट वृत्तान्त खनालले राजीनामा दिएका छन्। २०७९ को वैशाखदेखि क्यानको महाप्रबन्धक नियुक्त भएका खनालले पदाधिकारीसँगको विवादपछि इमेलमार्फत राजीनामा पत्र पठाएका छन्। उनले अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई इमेल गर्दै राजीनामा दिएको क्यान स्रोतले बतायो। उनले केही दिनअघि राजीनामा दिए पनि स्वीकृत भने भएको छैन। मुलपानी मैदान प्रतियोगिताका लागि भाडामा दिएको विषयमा विवाद भएको बुझिएको छ।

Read More

धनगढी : स्कुटर दुर्घटनामा परेर सख्त घाइते भएकी टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार बिना शाहीलाई प्रेस चौतारी नेपाल कैलालीले आर्थिक सहयोग गरेको छ । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलमा उपचाररत शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि प्रेस चौतारीले संगठनमा आवद्ध पत्रकार तथा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिबाट स्वस्र्फूत रुपमा संकलन भएको रकम शाहीलाई हस्तान्तरण गरेको हो । प्रेस चौतारी कैलालीका सचिव जनक विष्टले सहयोग स्वरुप संकलन भएको २७ हजार पाँच रुपैयाँ कैलाली जिल्ला अध्यक्ष भानुभक्त आचार्यले शाहीका बुवा धिरेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरिएको बताए । शाहीलाई प्रेस चौतारी कैलालीका पदाधिकारी तथा सदस्य, जिल्ला शाखा डडेल्धुरा, अछाम र बाजुरामा विभिन्न जिम्मेवारीमा…

Read More

धनगढी : धनगढीमा वर्षा भइरहेको छ । टन्टलापुर घामका कारण गर्मीले आहट भोगिरहेका धनगढीबासी वर्षा भएसँगै खुसी भएका छन् । मध्ये असार भइसक्दा पनि पानी नपरेका कारण कैलालीबासी काकाकुल गर्मी खेप्न बाध्य थिए ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २५ वर्षीय रामलखन राना पक्राउ परेका हुन्। रानालाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट २९० मिलिग्राम लागु औषध फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More