धनगढीः कैलालीको अत्तरियास्थित रेडियन्ट ग्यास उद्योगलाई ५० हजार रुपैयाँ जरिबाना गरिने भएको छ ।
शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको अनुगमन टोलीले उद्योगमा अनुगमन गरेको थियो । सो क्रममा ग्यास सिलिन्डरमा मापदण्डभन्दा कम र बढी ग्यास भरेको भेटिएकाले जरिबाना गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
बढी ग्यास भर्दा सिलिन्डर बिस्फोटको जोखिम रहने र तोकिएभन्दा कम ग्यास भर्दा पनि कानूनको उल्लङ्घन गरिएको देखिएकाले ५० हजार जरिबानासहित सचेत गराउने निर्णय भएको उनले बताए ।
ग्यास उद्योगले १४ दशमलव २ किलोग्राम ग्यास भर्नुपर्नेमा कुनै सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डरमा तोकिएभन्दा बढी ग्यास भर्ने गरेको पाइएको हो ।
Facebook Comments Box