काठमाडौँ: आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख १२ हजार चार सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर एक हजार चार सय ४० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
बैतडी: बैतडीको गोठलापानी–झुलाघाट सडक अवरुद्ध भएको छ । धारीगाड भन्ने स्थानमा सडकमाथिबाट पहिरो खस्दा दशरथचन्द राजमार्ग अन्तर्गत गोठलापानी–झुलाघाट सडक अवरुद्ध भएको हो । पहिरो गएराति खसेको र पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
बाजुराः बाजुरामा रुखले च्यापिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनमा रुख ढलेर च्यापिँदा स्थानीय ५८ वर्षीय गोकुले ल्वारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । कार्यालयका प्रहरी निरीक्षक रविन्द्र कठायतका अनुसार भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुतिरहेको अवस्थामा छानो पछाडिको रुख ढलेर उनको घटनास्थलमै मृत्यु भएको हो । बुधवार मध्यराति अन्दाजी १ बजेतिर वर्षाका कारण रुख ढल्दा च्यापिएर एक भैँसी र पाडोसमेत मरेको उनले बताए । स्थानीयले रुख ढल्दा च्यापिएर ल्वारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्टीलाई जानकारी गराएका थिए ।
धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ की ३५ वर्षीया जानकी बोहरा पक्राउ परेकी हुन् । उनलाई धनगढी उपमहानगरपालिका–३ बाट भन्सार छली ल्याएका अन्दाजी ४४ हजार ५ सय मूल्य बराबरको चिनी, तेल, प्लाष्टिक झिल्ली, बिडी, सुर्ती लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।
धनगढीः धनगढीको एक पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ बसपार्क गोल मार्केट स्थित लक्षित इन्टरप्राइजेजमा आगलागी भएको हो। गोदावरी नगरपालिका–१ का ३५ वर्षीय चेतराज भट्टले सञ्चालन गरेको लक्षित इन्टरप्राइजेज (कपडाको होलसेल पसल)मा बुधवार दिउँसो अचानक विद्युतको लाइन सर्ट हुन गई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा पसल भित्र रहेका अन्दाजी ८ लाख मुल्य बराबरको सामानहरु जलेर नष्ट भएको जनाइएको छ।
कञ्चनपुर: जिल्लाको बेलौरी नगरपालिका ३ खिरियाबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित सोही ठाउका एक स्थानीय युवालाई पक्राउ गरेको छ। खिरियाको भुईया मन्दिर नजिकैबाट ३.०१ ग्राम लागुऔषध खैरो हेरोइनसहित सोही ठाँउ बस्ने बर्ष २२ को फिलिप रानालाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।
काठमाडौं: पशुचौपायामा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि अहिलेसम्म १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये २ लाख २२ हजार ७ सय ५१ पशुलाई लगाइएको पशु सेवा विभागले जनाएको छ । रोगको महामारी नियन्त्रण गर्नका लागि सरकारले निजी क्षेत्रलाई खोप आयातको स्वीकृति दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारीले बताएका छन् । उनका अनुसार गाईभैँसीको खोपका लागि ०७९/८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक हरेक पालिकामा महामारी नियन्त्रण गर्न सङ्घीय सःसर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको छ । यो रकमबाट उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह गरेको डा.तिवारीले…
कञ्चनपुर: कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्। हिजो बुधबार पुनर्वास नगरपालिका–९ स्थित प्यारातालको नालामा स्थानीय ६५ वर्षीय नरबहादुर सुनार मृत अवस्थामा फेला परेका हुन्। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
काठमाडौँ: अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका बल्छी धुर्वे, राजु मास्टरलगायतका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। बल्छी ध्रुवे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलगायत कलाकारलाई प्रहरीले वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले उनीहरुलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ। प्रहरीले सट्टेबाजी गराउने एजेन्ट दिनेश खड्का र अनिता धितालसँग भने १० लाख रुपैयाँ धरौटी मागेको छ। यही प्रकरणका एक अभियुक्त कुशल पोखरेल भने फरार छन्।
डडेल्धुरा: डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पढाइ छाडेर रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् । भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको संख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको संख्या बढी रहेको भागेश्वर गाउँपालिकाले जनाएको छ । पढाइको बीचमा विद्यालय छोड्नेमा छात्रको संख्याभन्दा छात्रा बढी छन् । छात्र रोजगारका लागि जान्छन् भने छात्राको घरपरिवारले गरीबीका कारण चाँडै…