Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको…

Read More

काठमाडौँ: नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ। उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले बताइन्। तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन्। प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए। रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। आज बिहान दश बजे उनको शब पोष्टमार्टम हुनेछ। लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए। सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’,…

Read More

सेनाभित्रको अनियमिततामा मुछिएका पूर्वउपरथी प्रेम शाहीलाई सघाएको भन्दै तीन जना कर्णेलमाथि गरिएको कारबाही प्रकरणमा सैनिक अदालतले जंगी अड्डाबाट निर्णय फाइल झिकाएको छ । फाइल आएपछि अर्को साता सुनुवाइ हुने भएको छ । यस प्रकरणमा जंगी अड्डा आफ्नै निर्णय चित्त नबुझेको भन्दै पुनरावेदन लिएर सैनिक अदालत पुगेको हो । यता, आरोपित सैनिकले पनि सोही अदालतमा पुनरावेदन गरेका छन् । सैनिक ऐन, ०६३ विपरीत अनुशासन उल्लंघन गरेको आरोपमा महासेनानी डा।महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई कोर्टमार्शलले विभागीय कारबाही गरेपछि विवाद सैनिक अदालतको क्षेत्राधिकारभित्र पुगेको हो । कर्णेल साम्ब अर्याललाई भने कोर्ट अफ इन्क्वायरीले ‘सचेत’ गराउने सिफारिस बुझाएको छ । जंगी अड्डा…

Read More

पछिल्लो समय यौन दुर्व्यवहारको घटना दिन प्रतिदिन बढिरहेको छ । ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।उनी गणित शिक्षक हुन्। ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । कक्षा ९ मा पढ्ने १५ वर्षीया छात्रालाई शिक्षकले पठाएका शंकाष्पद म्यासेजहरु परिवारले फेला पारेपछी प्रहरी गुहारेका थिए । म्यासेजहरु हेर्दा उनीहरुबीच शारीरिक सम्बन्ध भएको झल्किन्छ । म्यासेजमा शिक्षकले छात्रालाई ‘बुढी’ सम्बोधन गरेका छन् भने छात्राले शिक्षकलाई ‘बाबा’ भनेकी छन् । शिक्षकले ‘पिल्स खायौ? पेट दुखेको छ कि छैन ? तातो पानी खाउ’ जस्ता…

Read More

काठमाडौँ : आइसिसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बन्यो। नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरे। बलिङमा नेपालका करण केसीले चार विकेट लिए भने किशोर महतोले दुई विकेट हात पारे। त्यसअघि जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्यो। नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३…

Read More

काठमाडौँ : भारतले काठमाडौँ-रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदनको मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । गत १७-२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै हस्तान्तरण हुने भनिएको यो प्रतिवेदनको मस्यौदा नेपालको रायका लागि भन्दै हस्तान्तरण गरेको हो । प्रतिवेदन तयार भए पनि त्यसलाई अन्तिम रूप दिनुअघि भारतले नेपालको राय मागेको हो । अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागले यो प्रतिवेदन अध्ययन गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाका अनुसार प्रतिवेदन अध्ययनपछि विभिन्न विषयमा नेपालले आफ्ना राय र प्रतिक्रियाहरू दिने छ । त्यसका आधारमा प्रतिवेदनले अन्तिम रूपमा पाउनेछ । नेपाललाई भारतले फाइनल प्रतिवेदन…

Read More

काठमाडौंका सिडियो घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् । बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा उनी बढुवा भएका हुन् । रिक्त एक सचिव पदका लागि उपाध्यायसँगै लक्ष्मीकुमारी बस्नेत र दिनेशकुमार घिमिरे सिफारिस भएका थिए । आज बसेको क्याविनेट बैठकले उपाध्यायलाई बढुवा गर्ने निर्णय लिएको हो ।

Read More

धनगढीः नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा निर्वाचित भएका छन्। मंगलवार धनगढीमा भएको प्रेस युनियनको छठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष निर्वाचित भएका हुन। प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द चयन भएका छन्। खुल्ला सदस्यहरुमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिँह धामी चयन भएका छन्। महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावद र भगवती सनारा चयन भएका छन्। यस्तै आदीवासी जनजातीबाट जीवन चौधरी सदस्य चयन भएका छन्। सौरव राना मदेशीबाट र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएका छन्। प्रेस…

Read More

अछाम : अछामको चौरपाटी गाउँपालिकाले ३४ जना स्वयम सेवक शिक्षकलाई हटाएको छ । यही असार ६ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत स्वयम सेवक शिक्षकहरूलाई नयाँ आर्थिक वर्षबाट हटाउने निर्णय गरेको हो । स्वयम सेवक शिक्षक नियम विपरीत भन्दै महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष बेरुजु देखाउने, ज्याला पनि सम्मानजनक नभएको र विद्यालय समायोजन भएपछि शिक्षकहरू हटाउनु परेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । पालिकाभित्र सञ्चालनमा रहेका विद्यालयहरूमा शिक्षक कम भएपछि २०७७ सालमा ४२ जना स्वयम सेवक शिक्षकहरू नियुक्त गरिएको थियो । ती मध्ये कतिपयले विभिन्न कारण बिचमै छोडेका थिए भने ३४ जना शिक्षकहरू हालसम्म कार्यरत छन् । तर…

Read More

धनगढीः कैलालीमा आगलागीबाट एक लाखको क्षति भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ हर्दधानीका खुसीराम चौधरीको घरमा आगो लागेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार ४० वर्षिय चौधरीको घरमा मंगलवार दिउसो बिजुलीको तार सर्ट भएर आगो लागेको थियो। उनको घरभित्र रहेको लत्ताकपडा, वाईफाई, खटिया लगायतमा क्षति भएको छ। झण्डै एक लाखका सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ। आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए।

Read More