Author: महेन्द्रनगर पोष्ट

कैलाली: आज देशका ९ वटा नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा रहेका सेती, महाकाली र कर्णाली लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान् छ। महाशाखाका अनुसार तमोर, त्रिवेणी, तामाकोशी, सुनकोशी, ‍त्रिशुली, भेरी र कन्काइ नदीमा पानीको बहाब उल्लेख्य बढ्नेछ। अन्य नदीहरूमा पनि जलसतह सामान्य बढ्ने बताइएको छ। महाशाखाले इलाम, झापा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक र आसपास भएर बहने केही स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ। ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, सल्यान, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ…

Read More

बझाङ: बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका ८ रजाडाकी १७ वर्षीया हिउँकला बोहरा रहेका छन्। उनको आज(शुक्रबार) बिहान केदारस्युँ ९ को कुलिवान भन्ने ठाउँमा भिरबाट लडेर मृत्यु भएको स्थानीय रामबहादुर बोहराले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं: बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन्। ललिता निवास प्रकरणमा पूर्वसचिवहरुसमेत गरी ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति (पुर्जी) लिइएको छ। तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा लागुऔषध (ब्राउन सुगर) सहित तिन जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप—महानगरपालिका ८ धनगढीगाउँबाट राम विलास राना, धनगढी उपमहानगरपालिका ३ सब्जिमण्डीबाट ज्ञानु धामी र मनोज केसी लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका ८ बस्ने ३४ वर्षीय राम विलास रानालाई ६०० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित बुधवार साँझतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। त्यसैगरि, धनगढी उपमहानगरपालिका २ बस्ने २० वर्षीय ज्ञानु धामी र २० वर्षीय मनोज केसीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ…

Read More

बाजुरा: बाजुराको बुढिगंगा नगरपालिका ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलीप केसी पक्राउ परेका छन्। कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै प्रहरीले उनलाई प्रक्राउ गरेको हो। बिहिवार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात तथा गालीगलौज गरेको भन्दै दिलीपलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कविन्द्र बोहोराले बताए। एकपटक दुवै पक्षबिच छलफल गर्ने उनले बताए। योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानी दिनुपर्ने भन्दै उनले कर्मचारीमाथि हातपात र गालीगलौज गरेको नगरपालिकाले जनाएको छ।

Read More

पशुपतिनगर : इलामको माइजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन्। बिहीबार राति माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। खतिवडाका दुई श्रीमती थिए। कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पीताम्बरले राती जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं:  लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सञ्चालक सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो। एलओडीमा एक १५ वर्षीया किशोरीलाई मादक पदार्थ खुवाएर ललितपुर पुर्याएर‍ बलात्कार गरेको आरोपमा यसअघि नै पोखराका सुदन कोइराला पक्राउ परेका थिए। नाबालिगलाई ऐन विपरीत क्लबमा प्रवेश दिएको घटनामा एलओडीका दुवै सञ्चालकविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको थियो। सोही आधारमा सुवाल पक्राउ परेका हुन् भने अर्का सञ्चालक रुदिप श्रेष्ठ फरार छन्। पीडित किशोरीले कोइरालाविरुद्ध जेठ ३१ गते उजुरी दिएकी थिइन्।

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री नपाए दिल्ली जानु भन्ने आशयको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्। बिहीबार राति सामाजिक सञ्जाल फेसबुकको एउटा स्टाटस लेख्दै प्रचण्डप्रति भन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने संसदमाथि शंका लागेको टिप्पणी गरेका हुन्। बालेनले भनेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा। भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन्?’ प्रधानमन्त्री दाहालले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले…

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ । आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिए। मूल नहरमा तीनदेखि दश क्युसेकसम्म पानी छोड्ने तयारी रहेको उनले बताए। नहरमा पानी छोड्ने भएकोले सो क्षेत्रका बासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। आयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ। नहर निर्माण भएको क्षेत्रमा २२ शाखा नहर निर्माणाधीन अवस्थामा छन्। बाइस शाखा नहर निर्माण भए पछि पाँच हजार एक सय हेक्टरमा सिँचाइ…

Read More

काठमाडौँ: अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए। रेग्मीका अनुसार उनले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन्। बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन्। ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ। उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ।

Read More