कैलाली: आज देशका ९ वटा नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिममा रहेका सेती, महाकाली र कर्णाली लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान् छ।
महाशाखाका अनुसार तमोर, त्रिवेणी, तामाकोशी, सुनकोशी, त्रिशुली, भेरी र कन्काइ नदीमा पानीको बहाब उल्लेख्य बढ्नेछ। अन्य नदीहरूमा पनि जलसतह सामान्य बढ्ने बताइएको छ।
महाशाखाले इलाम, झापा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक र आसपास भएर बहने केही स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ।
ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, सल्यान, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ बहने केही ससाना नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ।