Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नेकपा (एमाले) का नेता सुवास नेम्वाङले नागरिकता विधेयक प्रमाणीकरण गर्दा संवैधानिक समय सीमाको ख्याल नगरेको आरोप लगाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक परिमाणीकरण गरेका छन् । राष्ट्रपतिले गरेको नागरिकता प्रमाणीकरणमा संवैधानिक समय सीमाको ख्याल नगरिएको उनले आरोप लगाएका हुन् । नेम्वाङले सरकारले संसद्मा विधेयक ल्याउनुको सट्टा राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पत्र लेखेको भन्दै नेम्वाङले असन्तुष्टि पनि पोखेका छन् । बुधवार सञ्चार कर्मीहरूसँग सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा कुराकानी गर्दै नेम्वाङले भने, ‘विगतमा उहाँहरूले उठाउनु भएको विषय गम्भीर थियो । दोस्रो पटक प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकोमा पुग्दा १५ दिनमा पनि प्रमाणीकरण नगर्दा असंवैधानिक कदम भन्नुभएको थियो ।…

Read More

काठमाडौं – कैलालीको टीकापुर घटनामा दोषी पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ। बुधबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण सुनुवाई हुन नसकेको हो । जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका चौधरीको बाँकी कैद मिनाहा गरेका थिए। १४ वर्ष ९ महिना कैद माफी भएपछि २० वर्ष कैदमा बस्नुपर्ने चौधरी ५ बर्ष ३ महिनामै जेलमुक्त भएका छन् । चौधरीलाई मुलुकका तिनै तहका अदालतले जन्मकैदको सजाय सुनाएका थिए। न्यायालयले न्याय गरे पनि सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै टीकापुर…

Read More

अत्तरिया – कैलालीको अत्तरिया चोकमा भोलि चक्काजाम गरिने भएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अत्तरियामा बिहिबार बिहान ९ बजे देखि १० बजे सम्म १ घण्टा चक्काजाम गर्न लागेको हो । समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि दवाद दिन चक्काजाम गर्न लागेको जनाएको छ । संघर्ष समितिका संयोजक लोक राज पाण्डेले जेठ १५ गते बजेट भाषणमा मन्त्रिपरिदको निर्णय विपरित १ सय शैय्याको मेडिकल प्रतिष्ठान बनाउने निर्णयका विरुद्ध आन्दोलनका कार्यक्रम अन्तरगत चक्काजाम गर्न लागिएको बताए । उनले…

Read More

कैलाली – कैलालीमा लागुऔषध खैरो हिरोइन सम्बन्धी कसुर मुद्दामा फरार रहेका एक युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ४ कौवापुरका २२ वर्षीय भीम नेपाली पक्राउ परेका हुन् । उनलाई पक्राउ गरी आज कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

काठमाडौँ – नेपालमा सेमिनार गर्न आएका दुई जना विदेशीसँग २–२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । पोल्यान्डमा वर्किङ भिसामा कामदार लैजाने भन्दै त्यसका लागि सेमिनार गर्न काठमाडौँ आएका दुई जनालाई वैदेशिक रोजगार विभागले नियन्त्रणमा लिएको थियो। धरौटी मागेर उनीहरूलाई रसियन दूतावासको जिम्मा लगाइएको विभागले जनाएको छ। थप अनुसन्धानको क्रममा केही खुलेमा कारबाही गरिने नत्र रिहा गरिने विभागका अनुसन्धान अधिकृत केदार अधिकारीले बताए। पोल्यान्डमा लैजाने भन्दै काठमाडौँमा बिना अनुमति अभिमुखीकरण गर्ने दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएडोसिक पक्राउ परेका थिए। गत जेठ ६ गते शनिवार पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण गरिरहेको…

Read More

धनगढीः डोटीमा डोजर दुर्घटना भएको छ। सायल गाउँपालिका वडा नम्बर ३ स्थित झिग्राना बेटरा सडक निर्माण गरिरहेको बा ३ क ४०४५ नम्बरको डोजर दुर्घटना भएको हो। दुर्घटनामा चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलालीको गौरीगङ्गा ५ का २४ वर्षीय विकास सिजापति घाइते भएका छन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। सडक निर्माण गरिरहेको डोजरमाथि ढुङ्गा खस्दा दुर्घटना भएको हो। डोजर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ।

Read More

सिलगढी – डोटीमा एक्स्काभेटर दुर्घटना चालक घाईते भएका छन् । जिल्लाको सायल गाउँपालिका वडा नम्बर ३ स्थित झिग्राना बेटरा सडक निर्माण गरिरहेको बा ३ क ४०४५ नम्बरको एक्स्काभेटर दुर्घटना हुँदा चालक घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार दुर्घटनामा परि कैलालीको गौरीगङ्गा(५ का २४ वर्षीय विकास सिजापति घाइते भएका छन् । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए । सडक निर्माण गरिरहेको एक्स्काभेटर माथि ढुङ्गा खस्दा दुर्घटना भएको हो । एक्स्काभेटर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गरी पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपतिले अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिनाको गैरअवासीय, रुसका मिलनराज तुलाधर बेलारुसको गैर आवासीय, डेनमार्कका डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैर आवासीय राजदूतमा नियुक्त गरेका छन् ।

Read More

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेका छन् । अध्यक्ष राउतले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति रामचन्द्र पौडेलको सो कार्यको स्वागत गरेका हुन् । उनले नागरिकता विधेयक प्रमाणीकरणबाट लामो समयदेखि नागरिकताविहिन रहेका योग्य नेपालीहरूलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोमा खुसी समेत व्यक्त गरेका छन् । नागरिकताको माग गर्दै भएको आन्दोलनका कारण ज्यान गुमाउनु परेकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राउतले त्यसका लागि आन्दोलन गरेका आन्दोलनकारीप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् । त्यस्तै उनले रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयको पनि स्वागत गरेका छन् । मधेस–थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जेलमा राखिएका चौधरीलाई…

Read More

डडेल्धुरा: डडेल्धुराकी १० वर्षीया सानु बिक कक्षा ३ मा पढ्दै थिइन्। जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका उनी हिजो (मंगलबार) गोठालो गइन्। सदा झै विद्यालयबाट फर्किएर बाख्रा चराउन जंगल गएकी उनी हिजो भने घर फर्किनन्। साँझसम्म पनि घर नआएपछि आफन्तले उनको खोजी गरे। सानुका बुवा रोजगारीको सिलसिलामा भारत भएकाले उनकी आमा, दाजु-दिदीले खोजी कार्यका लागि प्रहरीको सहयोग मागे। खोजी गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले आज बुधबार उनको शव घरभन्दा एक किलोमिटर टाढा फेला पारेको थियो। आज बिहान ६ बजेतिर सानुको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। उनले मुचुल्काको काम…

Read More