Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–१ दुर्गौलीबाट वडा नम्बर २ परागीपुरका २० वर्षीय अर्जुन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। ११० मिलिग्राम लागुऔषधसहित चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

Read More

धनगढीः आजबाट केआइसिंह राजमार्ग दैनिक ४ घण्टा अबरुद्ध हुने भएको छ। प्रत्येक दिन ११ बजेदेखि दिउँसो तीन बजेसम्म राजमार्ग अवरुद्ध हुने भएको हो। राजमार्ग चार गतेसम्म अवरुद्ध हुनेछ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा खोला स्थित (स्याउले– दिपायल सडक खण्डको केआईसिङ राजमार्गमा) पहिरो रोकथाम तथा सडक मर्मत कार्य शुरु भएकाले राजमार्ग दैनिक ५ घण्टा अवरुद्ध हुने प्रहरीले जनाएको छ। सो अवधिसम्म राजमार्ग पुर्ण रुपमा अवरुद्ध हुने बताइएको छ। सो स्थानमा प्रहरी चौकी सकायल डडेल्धुराबाट प्रहरी टोली खटिएको छ।

Read More

गलकोट : घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ । बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ । “चार पाँच वर्षअघिसम्म बसाइँसराइको लहरै आएको थियो, धेरै कमाइ हुने घर छाडेर मधेस झरे, गाउँका केही घरसमेत खाली भएका थिए”, झिम्पा गाउँका बासिन्दा प्रमिला मगरले भने, “अहिले खाली भएका घरमा समेत मानिस बस्न थालेका छन्, काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्ट्रिय लोकमार्ग आसपासमा बसाइँ सरेरसमेत आउन थाले, पहिला घडेरी किन्न तराई सर्नेहरुले…

Read More

ओखलढुंगा : ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।​ इजलासले सबैभन्दा बढी प्राध्यानाध्यक फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकेको छ भने ६ लाखको दरले जरिवाना गरिएको छ । १२ वर्षीया नाबालिकालाई फरक–फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोगमा…

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनहाँले कला भावनाको अभिव्यक्त रुप भएको बताए । कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए । मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । यसैबीच आजै नेकपा (एकीकृत समाजवादी) का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रदर्शनीस्थलमा आएर कला, सिर्जनाको अवलोकन भ्रमण गरेका थिए । यसअघि पनि उक्त प्रदर्शनीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री,…

Read More

बलेवा : केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भिडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त छन् । पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उनीहरूको दैनिकी बनेको छ । बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध हालसम्म सात सय ६८ वटा उजुरी परेका छन् । ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका नेपाली जेठ ५ देखि सम्पर्कमा छैनन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईसमेतका बिरूद्ध जनयुद्धमा बाल सेना दुरूपयोग गरेको आरोपमा दर्ता गरिएको लेनिन बिष्टसमेतको रिट निवेदनमा सर्बोच्चका न्यायाधीश सपना प्रधान मल्लको आजको एकल इजलासले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ। बाल सेना दुरुपयोग गरेको विषयलाई लिएर विष्टले तत्कालिन नेकपा माओवादीका नेताहरुलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

Read More

काठमाडौँ: प्रधानमन्त्रीले बोलाएको क्याबिनेट बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, कृषिमन्त्री डा. बेदुराम भुसाल, शिक्षामन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जामन्त्री शक्ति बस्नेतलगायत उपस्थित छन् । प्रधानमन्त्री प्रचण्डले आज क्याबिनेटको नियमित बैठक राखेको उनको सचिवालयले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकबाट २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रम सम्बन्धी प्रदेशसभामा निर्णयार्थ पेश गरेको प्रस्तावको पक्षमा सत्तारुढ गठबन्धनका बहुमत प्रदेशसभा सदस्य देखिएपछि बहुमतले पारित भएको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

Read More

बैतडी: बैतडीमा वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ । जिल्लाको मेलौली नगरपालिका-७ चापछाड सामुदायिक वन र वडा नम्बर ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी बनेका २७ ओटा घर भत्काइएको हो । डिभिजन वन कार्यालय बैतडीका अनुसार दुई पटक घर खालि गर्न १५ दिनको सूचना जारी गरिएको थियो । सूचनाको अवज्ञा गरिएपछि घर भत्काइएका हुन् । जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, मेलौली नगरपालिका र सुरक्षा निकायको संयुक्त प्रयासमा वन अतिक्रमण गरेर बनेका अवैध संरचना हटाइएका हुन् ।

Read More