Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीको एक क्लिनिकमा लागुऔषध फेला परेको छ । प्रहरीका अनुसार डोटीको आदर्श गाउँपालिका-१ का ३० वर्षीय गणेश बागले सञ्चालन गरेको क्लिनिकमा लागुऔषध फेला परेको हो । धनगढी उपमहानगरपालिका १३ एयरपोर्ट मोडमा रहेको गेटा मेडिको क्लिनिकमा त्रिंगा सफ्ट नामक लागुऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ । उक्त लागुऔषधसहित क्लिनिक सञ्चालक बागलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

बिमल बाेहरा, डडेल्धुरा: डडेल्धुरामा विगत ३ दिनदेखि पेट्रोल अभाव भएको छ। जिल्लामा रहेला २ वटै पेट्रोल पम्पमा शुक्रबार नै पेट्रोल सकिएको थियो। अहिले दुई वटै पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ भन्ने बोर्ड राखिएको छ। पम्पहरुमा पेट्रोल नहुँदा सवारी चालकहरु समस्यामा परेका छन्। डडेल्धुरामा पेट्रोल नपाएपछि धनगढीबाट ग्यालेनमा मगाएको कारधनी नरेशबहादुर बिष्टले बताए। शुक्रबार धनगढीस्थित नेपाल आयल निगमको डिपोबाट ट्याङ्कर लाेड नभएकाे र हिजाे शनिबार परेकाले समस्या भएकाे बिर बेताल पेट्रोल पम्पका सञ्चालक राजु ऎरले बताए। आज ट्याङ्कर लाेड भए भाेलि बिहान १० बजेदेखि पेट्रोल वितरण हुने उनले बताए। डडेल्धुरामा विगतदेखि नै पेट्रोल अभाव हुँदै आएको छ। पम्पहरुमा आएको पेट्रोल बजारका व्यापारीहरुले…

Read More

धनगढीः कञ्चनपुरमा एक गाई गोठमा आगलागी भएको छ । प्रहरीका अनुसार जिल्लाको बेलडाँडी गाउँपालिका-५ कालिका टोलका गणेशबहादुर सिँहको गाई गोठमा आगलागी भएको हो । आगलागीबाट पाँच लाखको क्षति भएको बताइएको छ । चौपाया भने मरेका छैनन् । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More

भुटानकी महारानी जेट्सुन पेमा तेस्रो सन्तानको तयारीमा रहेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा दिइएको जानकारीअनुसार ४३ वर्षे राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र ३३ वर्षीया रानी जेट्सुन पेमाको आगामी शरद ऋतुुमा तेस्रो सन्तान हुन लागेको छ । रानी जेट्सुन गत महिना बेलायतका नरेश चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन जाँदा र त्यसपछि जोर्डनमा आयोजित शाही परिवारको विवाह समारोहमा भाग लिन जाँदा फोटो पत्रकारहरुले उनी गर्भवती भएको अनुमान लगाएका थिए । त्यतिबेला रानीले लगाएको पोशाकमा उनको पेट केही उठेको देखिएको थियो । उनीहरुको पहिलो सन्तान सन् २०१६ मा र अर्को छोरा सन् २०२० मा जन्मेका थिए ।

Read More

पाँचथर: पाँचथरमा पहिरोमा पुरिएकी बालिकाको जीवितै उद्धार गरिएकोृ छ । फालेलुङ गाउँपालिका-३ खोलाघारीमा मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज बिहान स्थानीयले जीवितै उद्धार गरेका हुन् । मध्यरातमा घर माथिबाट खसेको पहिरोले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भएका थिए भने सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् । बालिकाको बिहान जीवितै उद्वार गरिएको गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए।

Read More

धनगढी: कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलकाे गाडी दुर्घटनामा परेको छ। बिहीबार सुर्खेतबाट फर्कने क्रममा कोहलपुर क्षेत्रमा उनको गाडी दुर्घटना भएको हो। प्रहरीका अनुसार उनको गाडी मिनी बससँग ठोक्किएको थियो। स्रोतका अनुसार सिडिओ अन्तर जिल्ला बैठकबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेकाे हो। तर गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको बताइएको छ। घटना बिहिवारको भएपनि आज सार्वजनिक भएको हो।

Read More

स्याङ्जा: गत शुक्रवार राति स्याङ्जामा १० वर्षीय बालकको हत्या भएको छ। अर्जुनचौपारी गाउँपालिका ६ सिउडीवारीका हर्षित देवकोटाको हत्या भएको हो। हत्या गरी फरार भएका स्थानीय २२ वर्षीय सुजन सुवेदीलाई प्रहरीले स्याङ्जा बजारबाट पक्राउ गरेको छ। बालकलाई धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरी भिरबाट फालिएको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। बालकले आफूलाई गाली गरेपछि हत्या गरेको बयान सुवेदीले दिएको प्रहरीले जनाएको छ। हत्या गरिएका बालक कक्षा ५ मा अध्ययनरत थिए।

Read More

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ। पालिकाको सबै वडाबाट एम्बुलेन्समार्फत कृषि तथा पशुजन्य उपज ढुवानी सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले बताए। किसानलाई कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट विकासले बताए। स्थानीय किसानले खेतबारीमा उत्पादित कृषि उपजलाई बिक्रीका लागि बजारसम्म पुर्‍याइने र बजारबाट किसानका आवश्यक कृषिजन्य बस्तु ढुवानी समेत गर्ने अध्यक्ष भट्टले बताए।

Read More

कञ्चनपुर: पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । “यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ”, उनले भने, “यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ ।” उनले यसको कुनै उपचार नभएको बताउँदै सङ्क्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताए । “कञ्चनपुरमा यसको…

Read More

पाँचथर: पाँचथरमा बाढीपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् ।  माउन्टेन हाइड्रो, माझिटार र हेवाखोलाको पुल क्षेत्रबाट उनीहरू प्रकोपमा परी हराइरहेका हुन् ।  उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढीका कारण जिल्लाका पाँचवटा पक्की पुल बगेका छन् । पुल बगेपछि यातायात अवरुद्ध बनेको छ । 

Read More