धनगढी: सुरक्षाकर्मी र आफु चढ्ने गाडी सडकमै छाडेर प्रदेशसभाबाट बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिपक्षी दल राप्रपाकी सांसद खेमादेवी विष्टलाई सदनमा उपस्थित गराएका छन्। प्रदेश सभा बैठकमा नआउने झुटो घोषणा गरेकी माननीय खेमालाई मुख्यमन्त्री आफै लिन गएर सदनमा ल्याइ आएका हुन्।
प्रमुख प्रतिपक्षी दल एमाले, राप्रपा र स्वन्तत्र सांसदले प्रदेशसभा बैठक बहिष्कार गरेपछि शाह प्रदेशसभा अगाडि सडकमै स्कटिङ गाडी र आफ्नो गाडी छाडेर अर्थमन्त्री नरेशकुमार शाहीको गाडीमा नेकपा एसका दलका नेता दीर्घ सोडारीलाई लिएर निस्किएका थिए।
उनले त्यहाँबाट फर्किदा आफू र अर्थमन्त्री मुल गेट भएर आएका थिए। भने दीर्घले चोर बाटोबाट राप्रपाकी सांसद विष्टलाई लिएर प्रदेशसभा पुगेका थिए। विपक्षी दलले बहिष्कार गरेपछि अप्ठ्यारोमा परेका शाह प्रतिपक्षी बेन्चमा राप्रपाकी सांसदलाई राखेर बजेटमाथिको छलफल अघि बढेको छ।
आज राति नै बजेट पास गर्नेगरी सभामा छलफल भइरहेको छ। सत्तापक्षका सांसदले बजेटमाथि धारणा राखेपछि सभामुुखले अहिले बैठक स्थगीत गरेका छन्। अर्को बैठक ९ बजेर ३५ मिनेटमा बस्नेछ। एमाले र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले भने बैठक बहिष्कार गरेका छन्।