धनगढीः कैलालीमा सिँचाइ आयोजनाको नहरमा एक बालिका बेपत्ता भएकी छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ बलचौरका दिपक चौधरीकि ६ वर्षीया छोरी रीतिका चोधरी बेपत्ता भएकी हुन्।
हिजो दिउँसो रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा दुई बालिका बगेकी थिइन्। सोही ठाउँकी ९ वर्षीया आकृति चौधरीको भने लगत्तै स्थानीयले उद्धार गरेका थिए।
बेपत्ता बालिकाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।
Facebook Comments Box