Author: महेन्द्रनगर पोष्ट

बागलुङ: बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । मृतक दुवै पुरुष रहेको केसीले बताए । जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ । रासस

Read More

काठमाडौं: नेपाली सेनाको व्यापारिक मलमा आगलागी भएको छ। महांकाल मन्दिर सामुन्नेको सैनिक भवनको पसल नम्बर ए ५८ मा आगलागी भएको हो। हिजो राति न्युरोड गेटस्थित मलमा भएको आगलागीमा एउटा पसल ध्वस्त भएको बताइएको छ । विद्युत लाइन सर्टबाट आगो लागेको बताइएको छ। उद्धारको लागि पुगेको सैनिक टोलीले पसलबाट झिकेको एक लाख १७ हजार रुपैयाँ पसलधनी छिरिङ डोल्कर लामालाई तत्काल बुझाएको थियो।

Read More

धनगढीः कैलालीका एक युवकले इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका पारश साउँदले एक लाखको लागतमा मोटरसाइकल निर्माण गरेका हुन। उनले आफ्नो व्यक्तिगत लगानीमा घरमै इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गरेका छन्। गेटामाको सरस्वती नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत साउँदले घरमै कवाडबाट ल्याएका फलामका सामान प्रयोग गरेर मोटरसाइकलको च्यासिस निर्माण गरेको बताए। उनले अन्य इलेक्ट्रोनिक सामग्री र व्याट्रि खरिद गर्दा कुल एक लाख खर्च भएको बताएका छन्। उनले निर्माण गरेको मोटरसाइकल प्रतिघण्टा ६० किलोमिटर कुद्ने बताइएको छ। एक पटक चार्ज गरेपछि मोटरसाइकल ८० किलोमिटर चल्ने छ। उक्त मोटरसाइकलको मंगलवार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका…

Read More

काठमाडौं: जापानमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन्। बुधबार जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन्। उनले गत अप्रिलमा सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरू गरेका थिए। मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो। उनी बस्ने घरसम्म सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए। उनको शव सडेगलेको अवस्थामा फेला परेको पनि वरिष्ठ उपाध्यक्ष निउरेले जानकारी दिएका छन्। शव सडेगलेको अवस्थामा रहेकाले भोलि दिउँसो साढे १ बजे जापानमै अन्त्येष्टी गर्न लागिएको उनले बताए।

Read More

कैलाली: कैलालीको गोदावरी नगरपालिका –२ अत्तरियास्थित बसपार्कबाट ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् मंगलबार राति धनगढी उपमहानगरपलिका–५ का २८ वर्षीय अनमोल शाहले चलाएको से ७ प १४०१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट २ ग्राम १ सय १० मिलीग्राम ब्राउनसुगर भेटिएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शाहसँगै मोटरसाइकलमा पछाडि सवार धनगढी उपमहानगरपालिका–६ का १८ वर्षीय जमनसिंह धामीलाई पनि पक्राउ गरेको छ।

Read More

कैलाली: कैलालीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। मंगलबार साँझ घोडाघोडी नगरपालिका–६ झलझलीयाको भित्री सडकमा ट्याक्टरबाट खसेर बर्दगोरिया गाउँपालिका–३ खैरेनी शिविरका २७ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। बर्दगोरिया–३ खैरेनी शिविरकै २७ वर्षीय सुवास चौधरीले चलाएको ना४त ८७१५ नम्बरको ट्याक्टरबाट खस्दा अर्जुनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

बझाङ: बझाङको बुँगलमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार मंगलबार साँझ बुँगल नगरपालिका–९ भेडेगैरस्थित देउलिकोटबाट धौलकाँडा बैतडी जाने कच्ची सडकमा सालनाल सहितको नवजात शिशु बेवारिसे मृत अवस्थामा फेला परेको हो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज(बुधवार) प्रदेशभर शोक बिदा दिएको छ। मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधवार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको बताए। यस्तै कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज धनगढीको कबर्डहलमा मन्त्री सिंंहको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिइने जनाएको छ।

Read More

काठमाडौँ: देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम…

Read More

दार्चुला — अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ । यार्सा गुम्बा संकलनका क्रममा अपिहिमाल गाउँपालिका–४ का ओखल्याडीका अन्दाजी ४५ वर्षीय लक्ष्मण सिंह बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यार्सागुम्बा पाटन पुगेका बोहराको मंगलबार दिउँसो १ बजेतिर हिउँमा चिप्लिएर मृत्यु भएको खबर प्राप्त भएको छ ।

Read More