धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज(बुधवार) प्रदेशभर शोक बिदा दिएको छ। मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधवार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको बताए।
यस्तै कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज धनगढीको कबर्डहलमा मन्त्री सिंंहको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिइने जनाएको छ।
Facebook Comments Box